coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एक लाख घुससहित सहायक रजिष्ट्रार पन्थी कलंकीबाट पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुससहित कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्ट्रार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको छ।  

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम मागेको उजुरीका आधारमा अख्तियारको टोलीले पन्थीलाई नियन्त्रणमा लिएको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन्। 

उनका अनुसार घुसबापतको रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई काठमाडौं १४ कलंकीस्थित एनएमबी बैंकको पार्किङ्गबाट सोमवार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

प्रकाशित: १ माघ २०७५ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App