८ वैशाख २०८१ शनिबार
अर्थ

केन्दीय योजना केन्द्र बाटै सुचारु गर्न देउवाको सुझाव

डडेल्धुरा - पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रबाट बनाइएका योजना केन्द्रबाट नै सुचारु गर्न सरकारलाई सुझाव दिएका छन्। जोगबुढाको परशुराम नगरपालिका–५ स्थित महाकाली नदी किनारमा रहेको धार्मिकस्थल परशुराम धाममा धार्मिक पर्यटन महामहोत्सवको उद्घाटन कार्यक्रममा देउवाले उक्त सुझाव दिएका हुन्। 

प्रदेश सरकारसँग आवश्यक बजेट नै नभएकाले केन्द्रीय योजनालाई प्रदेश मातहत ल्याउन नहुने उनको भनाइ छ। सभापति देउवाले भौतिक पूर्वाभार तथा विकासका कामलाई गति दिन केन्द्र स्तरका योजना प्रदेशले नहेरी संघीय सरकारले नै हेर्नुपर्ने बताए। ‘विकास निर्माणका योजनका लागि सिधै केन्द्रमा धाउनुस्, संघीय सरकारसँग आवश्यक बजेट नै छैन,’ उनले भने, ‘प्रदेश सरकारले केन्द्रका योजना प्रदेशमा तान्नु हुन्न।’ 

त्यस्तै महाकाली नदीमा पुल निर्माणका लागि भारतीय प्रधानमन्त्रीसँग कुरा भए पनि स्थान नतोकिएकाले प्रक्रियामा जान नसकिएको देउवाले बताए। महाकाली नदीमा पुल निर्माण गर्न सके यस क्षेत्रमा धार्मिक पर्यटक भित्र्याउन सकिने उनले बताए। परशुरामधाम लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका धार्मिक तथा प्राकृतिक पर्यटन क्षेत्रमा भिœयाउन सकिने भएकाले आर्थिक समृद्धिको ढोका खुल्ने उनको भनाइ थियो।

 

प्रकाशित: १ माघ २०७५ ०६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App