coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सोलुखोला दूधकोसीको काम ठप्प

सोलुखुम्बु - ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना निर्माणको काम ठप्प भएको छ। थुलुङ दूधकोसी गाउँपालिका–३ पन्चनमा निर्माण भइरहेको जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको हो। 

आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीले छाडेपछि तीन महिनायता निर्माण कार्य अलपत्रमा परेको साहस ऊर्जाका जनसम्पर्क अधिकृत कैलाश निरौलाले जनाकारी दिए। हालसम्म पन्चनबाट एक सय ४० मिटर सुरुङमार्ग निर्माणको काम सम्पन्न गरिएको छ भने सोलुदूधकुण्ड नगरपालिका–११ को तिङ्ला क्षेत्रबाट सुरुङ मार्ग निर्माणको काम भइरहेको छ। 

सिएमसीले काम नगर्ने देखिएपछि सम्झौता भंग गर्न आयोजनाको माथिल्लो तहमा निर्णय हुन समय लाग्ने साहस ऊर्जाले जनाएको छ। सिएमसीसँगको सम्झौता भंग भए तल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माणको काम गर्दै आएको सी कन्स्ट्रक्सनले निर्माणको काम थाल्ने गरी प्रक्रिया अगाडि बढाइने वरिष्ठ सामाजिक सुरक्षा अधिकृत बालकृष्ण खकुरेलको भनाइ छ। 

हालसम्म कर्मचारी आवास गृह, किचेन, पाहुना घर लगायत संरचना निर्माण भइसकेका छन्। सिएमसीले लिखित रुपमा काम नछाडेपछि निर्माणको काम केही महिनादेखि अलपत्र बनेको हो।

प्रकाशित: १ माघ २०७५ ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App