७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्य संयोजक नै औषधि चोर

स्वास्थ्य कार्यालय डोल्पाबाट गौड र मण्डलले चोरी गरेर लैजादै गरेको ६ बोरा औषधि। तस्बिर : बिष्णुप्रसाद/नागरिक

डोल्पा - डोल्पामा स्वास्थ्यका कर्मचारीले नै रातारात औषधि चोरेको रहस्य खुलेको छ। आफ्नै कार्यालयमा कार्यरत दुई जना कर्मचारीले स्टोर किपर बिदामा बसेको मौका छोपी स्टोरको ताला नै तोडेर औषधि चोरेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय डोल्पामा हाल फाजिलामा रहेका खोप सुपरभाइजर संजयकुमार मण्डल र ठुलीभेरी नगरपालिकाका स्वास्थ्य संयोजक दयानन्द गौडले स्वास्थ्य कार्यालयको स्टोरबाट औषधि चोर्दै गरेको अवस्थामा प्रहरीले रङ्गेहात पक्राउ गरेपछि यो रहस्य खुलेको हो।

पौष १७ गते राती लगभग ११ बजेको हाराहारीमा दुईजनाले स्टोरको ढोका फुटालेर औषधि चोरी गरिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले रङ्गेहात उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार औषधिका कार्टुनहरु लग्दै गर्दा भेटिएकोले एक रात संजय कुमार मण्डललाई प्रहरीले थुनामा राखेको जनाएको छ। स्टोरबाट ६ बोरा औषधि र २ कार्टुन आर.एल. राति बाहिर लैजान लागेको भेटिएको हो।

घटना पौष १७ गते रातीको भएपनि स्वास्थ्य कार्यालयका स्टोर किपर देबबहादुर बिसि बिदामा रहेका कारण सत्य तथ्य कुरा बुझनको लागि एक रात थुनामा राखि स्वास्थ्यकै कर्मचारीको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए।

शुक्रबार स्टोर किपरले कार्यालयको स्टोर खोलेर हेर्दा गलत नियतले नै औषधि प्याक गरिएको पुष्टी भएको र स्वास्थ्य कार्यालय प्रमुख आउने बित्तिकै थप कारबाहीको प्रकृया अघि बढाइने प्रहरी नायव उपरिक्षक बिष्टले बताए। हेल्थ असिष्टेन्ट दयानन्द गौड ठुलीभेरि नगरपालिकाको स्वास्थ्य संयोजक भएको र नगरपालिकाबाट औषधि खरिदको लागि पेश्की बुझिसकेकोले त्यहि रकम मिलाउन स्वास्थ्य कार्यालयबाट स्टोर किपर नभएको बेलामा राति औषधि चोरी गरेको स्वास्थ्य प्रमुख रणलाल कुलाले बताए।

औषधि चोरी गर्दा रङ्गेहात फेला परेका दायनन्द गौड र संजयकुमार मण्डल भने आफुले कुनै चोरीका काम नगरेको बताउछन। बिनाकारण आफुहरुमाथि गलत आरोप लगाएको उनिहरुले भनाइ छ । यता  स्टोर किपर देबबहादुर बि.सि. भने स्वास्थ्यमा आउने औषधिको डाटा अनलाइन सिष्टममा राखिने भएकोले कार्टुनमा नै राखिने र कहिले पनि बोरामा नराखिने दाबी गर्छन।

स्टोरको ताला सबै तोडिएको छ औषधि ६ वटा बोरामा सिलाएर राखिएको छ प्रहरीकाे रिपोर्टमा भने ढोकाको चुकुल कम्जोर रहेको र बच्चाले खोलको बताएको सुन्दा चकित भएको बिसि बताउछन।

 

प्रकाशित: ३० पुस २०७५ १५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App