coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

इलाम - शिकार खेल्नेक्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएपनि कालगतिले मृत्यु भएको भन्दै शव लुकाउन खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। जिल्लाको रोङ गाउँपालिका ३, कोल्बुङका ६३ वर्षीय बुद्धिमान राईको मृत्यु भएपछि शिकार खेल्न जानेहरू पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत पुस २४ गते १ बजेतिर वडा नं १ स्थित अतिपाल जंगलमा शिकार खेल्नेक्रममा राईलाई भरुवा बन्दुकको छर्रा लागेको थियो। तर, घाइते राईको २५ गते मृत्यु भएपनि उनी कालगतिले मरेको भन्दै उनको शव लुकाउने उद्देश्यले बुद्धिमानकै बारीमा गाढिएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएपछि घटनास्थल पुगेको जिल्ला र इलाका प्रहरी कार्यालयको टोलीले शव उत्खनन् समेत गरेको प्रहरी हवल्दार विजय राईले बताए।

‘प्रहरीले शव उत्खनन् गरी मुचुल्का गरेर परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ,’ उनले भने, ‘घटनास्थल नजिकै अक्कलबहादुर राईको अलैंची बारीमा लुकाइराखेको १ नाले ट्रेगरसहितको बन्दुक समेत बरामद गरिएको छ।’

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रोङ गाउँपालिका ३ का राजबहादुर राई, प्रशान्त राई, दलबहादुर राई, योगराज राई, ताराकुमार राई र सुकमान राईलाई पक्राउ गरेको छ। पक्राउ परेका सबैलाई पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० पुस २०७५ १४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App