coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विरगञ्जमा आगलागी, एक दम्पती गम्भीर घाइते

तस्बिर : रितेश/नागरिक

विरगञ्ज  - सुत्ने कोठाभित्र बालिएको ग्यास सिलिण्डरको चुल्होबाट आगो फैलिएर विरगञ्ज –११, श्रीपुरमा एक दम्पती गम्भीर घाइते भएका छन्। ‘खिचडी’ पर्व (माघे संक्रन्ति) मनाउने तयारीमा रहेका जगरनाथ महतो र उनकी श्रीमती सुनिता  घरभित्रै ग्यास पड्किदा लागेकाे आगोमा परी गम्भीर घाइते भएका हुन्।

घाइतेकाे अवस्था गम्भीर रहेकाेले विरगञ्ज स्थित नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरुलाइ थप उपचारकाे लागि काठमाडाैं पठाइएकाे छ। आगलागी करिब १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरी अनुमान छ।

प्रकाशित: ३० पुस २०७५ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App