coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

तस्बिर : एजेन्सी

इरान - इरानको राजधानी तेहरान नजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा सवार १५ जनाकाे मृत्यु भएकाे छ भने एककाे जिवितै उद्धार गरिएकाे छ।

कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रकाे एउटा भवनमा ठाेकिन पुगेकाे थियो। घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ। काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेन्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आइएसएनएले जनाएको छ।

इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ। उनकाे अपस्पतालमा उपचार भइरहेकाे छ।

प्रकाशित: ३० पुस २०७५ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App