७ वैशाख २०८१ शुक्रबार
अर्थ

हिमालयन बैंकको साभारण सभा सम्पन्न

काठमाडाैं - हिमालयन बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ। बैंकको साधारण सभाले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र १० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ५२ करोड २ लाख ५५ हजार ८४४ पुग्ने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। हिमालयन बैंकले आ.व. २०७४/७५ काे अन्त्य सम्म रु. ९९ अर्ब ७४ करोड ३० लाख निक्षेप संकलन र रु. ८६ अर्ब ८४ करोड ६६ लाख कर्जा प्रवाह गरेको छ। यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा क्रमशः ७.३९ र ११.८६ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ। हिमालयन बैंकले यो वर्ष ६ स्थानमा नयाँ शाखा स्थापना गर्नुका साथै एटीएम सञ्जाल समेत विस्तार गर्ने योजना रहेका वताएको छ।

प्रकाशित: ३० पुस २०७५ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App