७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारत पस्यो इस्लामिक स्टेट

नयाँ दिल्ली–भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेका बेला भारतको केरलमा इस्लामिक स्टेट (आइएस) का ६ जना कार्यकर्ता पक्राउ परेका छन्। राष्ट्रिय जाँच एजेन्सी –एनआइए) ल केरलमा ६ जना आइएस कार्यकर्ता पक्राउ परेका भारतीय संचारमाध्यमले जनाएका छन्।

संचारमाध्यमका अनुसार केही समय पहिला  केरलमा २१ जना  इस्लामिक स्टेटमा भर्ना भएको र सोको एनआइएले जाँच गरिरहेको जनाएका छन्।

एनआइएलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार पक्राउ परेका ६ जना पहिचानसमेत भएको छ। उनीहरु केरलका स्थानीय भएको बताइएको छ। उनीहरुलाई दिल्ली पुलिस, तेलंगाना तथा एनआइएका सदस्य मिलेर पक्राउ गरेका हुन्।

जाँच एजेन्सीका अनुसार पक्राउ परेका सबैलाई कुख्यात आतंकवादी संगठन आइएसमा संलग्न भएको आशंकमा अदालतमा पेश गरिने भारतीय संचारमाध्यमले जनाएका छन्।

 

प्रकाशित: १७ आश्विन २०७३ ०४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App