६ वैशाख २०८१ बिहीबार
राजनीति

गणतन्त्रमाथि खतरा : राष्ट्रिय जनमोर्चा

रुपन्देही - राष्ट्रिय जनमोर्चाले गणतन्त्रमाथि खतरा देखिएको बताएको छ। उसले हिन्दु धर्मको आडमा राजतन्त्र पुनर्स्थापनाको चलखेल भइरहेको बताएको हो।

राष्ट्रिय जनमोर्चाको पुस २७ र २८ गते बुटवलमा बसेको प्रथम राष्ट्रिय परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा गणतन्त्रविरुद्ध गतिविधि हुन लागेको पार्टीले निष्कर्ष निकालेकाे छ। राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई देशी तथा विदेशीले हत्ताउन प्रयास गरिरहेकोले प्रतिगमनका विरुद्ध संघर्ष गर्नुपर्ने बताए। उनले तराईका अति क्षेत्रीयतावादी दल र संविधानलाई बहिष्कार गर्ने दलहरुका कारण प्रतिगमनको खतरा कायमै रहेको बताए।

नेपाली कांग्रेसभित्र देखा परेको धर्म निरपेक्षताको विरोधले हिन्दु धर्म सापेक्ष राज्य स्थापना गरेर राजतन्त्र पुनर्स्थापना गर्न खाेजिएको उनको टिप्पणी छ। भारतमा हिन्दु धर्मवादी भारतीय जनता पार्टीले नेपालमा हिन्दु राज्य स्थापना गरेर राजतन्त्र फर्काउने दाउमा रहेको जनमोर्चाको परिषद बैठकको निष्कर्ष छ।

राष्ट्रिय जनमोर्चाले आगामी माग १९ गते जिल्ला स्तरमा देशव्यपी विरोध सभाहरु गर्ने निर्णय गरेको छ। उसले ‘संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौँ, महंगी, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारको अन्त्य गरौँ’ भन्ने नारा समेत तय गरको छ। 

 

प्रकाशित: ३० पुस २०७५ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App