coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहालले बोलपत्र अाह्वान गरे, अोलीले जहाज ल्याए, मेरो दोष छैन: देउवा

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा का‌ंग्रेस सभापति शेरबहादुर देउवा।

धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद  प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।

सोमवार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले वाइड बडी प्रकरणमा आफ्नो नाम जोडेर अन्याय गरिएको आरोप लगाए। २०७४ सालमा आफु प्रधानमन्त्री हुँदा वाइडबडी खरिद सम्वन्धी आफुले कुनै मन्त्रीस्तरीय निर्णय नगरेकाले दोषी नरहेको दाबी गरे।

देउवाले भने, 'पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र अाह्वान भएको र अोली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको हो।'

प्रकाशित: ३० पुस २०७५ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App