८ वैशाख २०८१ शनिबार
राजनीति

नयाँ शक्तिको प्रचार विभाग भारत जाने

काठमाडौं– नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधि लगायतका विषयमा अध्ययनका लागि सोमवार भारत भ्रमणमा जाँदैछ। प्रचार विभाग प्रमुख विश्वदीप पाण्डे नेतृत्वको विभागको टिमले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आमआदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टिमलाई भेटेर नयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चार÷प्रचार रणनीति लगायतबारे अध्ययन गर्नेछ।

आम सञ्चारका मिडियासँगको सम्बन्ध, प्रभावकारी सञ्चार रणनीति, चुनावी सञ्चार÷प्रचार रणनीतिका सम्बन्धमा समेत छलफल गर्न राजनीतिक पार्टीका नेताहरुका साथसाथै सञ्चार विज्ञहरुसँग समेत भेटघाट गरी छलफल गर्ने प्रचार विभाग प्रमुख पाण्डेले बताए। पाण्डेकाअनुसार टोलीले त्यहाँका राजनीतिक पार्टीका शीर्ष तहका राजनीतिक व्यक्तित्वसँग पनि भेटघाट गर्नेछन्। 

नयाँ शक्ति पार्टीको हेडक्वार्टरले विश्वदीप पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टिमलाई भारत पठाउन लागेको हो।

अध्ययन भ्रमणमा नयाँ शक्ति पार्टीका युवा नेताहरु सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे, दीपक महतो हुुनेछन्। भ्रमण १० दिनको हुनेछ।

प्रकाशित: ३० पुस २०७५ ०६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App