coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

श्रेष्ठलाई क्लबको सम्मान

काठमाडौं- रुस्लान थ्री स्टार क्लबका कार्यकारी सदस्य एवं पूर्व कप्तान तथा पूर्व व्यवस्थापक कृष्णबहादुर श्रेष्ठ आइतबार सम्मानित भएका छन्। क्लबले उनको ६४ औं जन्मदिनका अवसरमा आइतबार एक कार्यक्रमका बीच क्यान्सरबाट पीडित श्रेष्ठलाई अभिनन्दन गरेको थियो। राइट ब्याक पोजिसनका रक्षक श्रेष्ठले ३० को दशकको अन्त्यतिरबाट थ्री स्टारको टोलीका लागि 'बी' डिभिजन लिग खेलेका थिए। क्लबलाई 'ए' डिभिजनमा उकाल्ने टोलीका सदस्य श्रेष्ठले खेल जीवनबाट संन्यास लिएपछि व्यवस्थापकका रुपमा १५ वर्ष काम गरेका थिए भने पछिल्लो १६ वर्षयता उनी लगातार थ्री स्टारको कार्यसमितिमा छन्।

श्रेष्ठले आफ्नो अभिनन्दनको अवसरमा आयोजित समारोहमा भारतको गुवाहटीमा शुक्रबार सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएको थ्री स्टारको टोलीलाई सम्मान गरेका थिए।

प्रकाशित: १७ आश्विन २०७३ ०४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App