coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सनिशा ‘मिस लिटिल नेवाः’

काठमाडौं – नेप्लीज फेसन होमले आयोजना गरेको ‘मिस लिटिल नेवाः ११३९’ उपाधि सनिशा लगेजुले जितेकी छिन्। राजधानीको राष्ट्रिय नाचघरमा शनिबार आयोजित प्रतियोगिताको फिनालेमा लगेजुले उपाधिसहित नगद राशी तथा विभिन्न उपहारहरू पाइन्।

२४ जना बालिकाहरूको सहभागिता रहेको प्रतियोगितामा लुस्वा“ मानन्धर ‘फस्ट रनर अप’का साथमा ‘मिस सोसल एम्बेसडर प्रमुख’, सेलिना प्रजापति ‘सेकेण्ड रनर अप’, अन्वेषा कर्माचार्य ‘थर्ड रनर अप’ र पलिस्ता नापित ‘फोर्थ रनर अप’का साथमा ‘मिस फ्रेण्डसिप’ बनिन्।

नेवारी भाषा, कला तथा संस्कृतिलाई जगेर्ना गर्ने तथा वर्तमान पुस्तालाई जानकारी गराउने उद्देश्यले आयोजित प्रतियोगितामा बियंका खड्का ताम्राकार ‘मिस ट्यालेन्ट’, युशिका अमात्य ‘मिस पर्सनालिटी’, रेवती महर्जन ‘मिस कल्चर’, जेनिशा बज्राचार्य र दृष्टि श्रेष्ठ ‘बेस्ट हेयर’, हिमानी प्रधान ‘मिस इनोसेन्ट’, सफलता श्रेष्ठ ‘बेस्ट नेपाल भाषा’, उन्नती प्रधान ‘मिस फ्रेण्डसिप’, कृपा स्वङ्निखा र विनिभा सुवाल ‘मिस फोटोजेनिक’, अन्वेषा कर्माचार्य ‘मिस सोसल एम्बेसडर प्रमुख’, रिया श्रेष्ठ ‘मिस चार्मिङ’, रेहा रञ्जित ‘मिस डिसिप्लिन’, अदिती वीरबल ‘बेस्ट स्माइल’ तथा अनुष्का श्रेष्ठ ‘मिस क्यूट’ तथा ‘बेस्ट स्किन’ बने।

पूर्व उप–प्रधानमन्त्री गोपालमान श्रेष्ठका प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा उद्योगी प्रदिपमान प्रधान, ‘मिस नेवाः’ एञ्जल श्रेष्ठ, करा“ते खेल विज्ञ सिहान अशोककुमार श्रेष्ठ, नमूना फेसन कलेजका जिवेश्वरलाल श्रेष्ठ तथा संगीतकार जुगल डंगोल निर्णायक थिए।

प्रकाशित: ३० पुस २०७५ ०४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App