coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रत्नजीतको विजयी सुरुआत

काठमाडौं- नेपाल आर्मी क्लबका रत्नजीत तामाङ र दीपेश धामी जेस्ट खुल्ला ब्याडमिन्टनमा सुखद सुरुआतका साथ आइतबार प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन्। पहिलो दिन आइतबार रत्नजीतले आयोजक ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३, २१–८ को नतिजामा हराए भने दीपेशले पनि आयोजक क्लबकै भरुन सीलाई २१–११, २१–८ ले पराजित गरे।

अन्य खेलमा नेपाल पुलिस क्लबका विष्णु कटुवालले आर्मीका रुपेश महर्जनलाई २१–१६, २१–१२ ले हराए भने ज्येष्ठका गौचन कठायतले एपिएफका सुदिप सेडाईलाई २१–१३, २१–११ ले निराश पारे। कैलालीका सञ्जिव खड्का, आर्मीका नवीन श्रेष्ठ, सशस्त्रका विजित थापामगर र भोजपुरका विकास श्रेष्ठले पनि पहिलो चरणमा जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरे।

ब्वाइज डबल्समा पोखराका भुगोल गुरुङ र लक्ष्मण श्रेष्ठ तथा एपिएफका इन्द्र महता र पंकज चन्दको जोडीले विजयी सुरुआत गरे। यसैगरी ज्येष्ठका सुनिल जोशी र गौतम कठायतको जोडीले पनि पहिलो दिन जित हासिल गर्‍यो।

प्रकाशित: १७ आश्विन २०७३ ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App