८ वैशाख २०८१ शनिबार
खेल

मंगलबारदेखि महिला भलिबल

पोखरामा मंगलबारदेखि हुने दोस्रो सभामुख महिला भलिबल प्रतियोगिताको मेडल सार्वजनिक गरिँदै । तस्बिर : उमेश पुन/नागरिक

पोखरा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नं १ सँग प्रतिस्पर्धा गर्दै पोखरामा मंगलबारदेखि दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैै छ। गण्डकी प्रदेशले भने घरेलु कोर्टमा उद्घाटन दिनको अन्तिम खेल खेल्दै नेपाल पुलिससँग प्रतिस्पर्धा गर्दै सुरु गर्नेछ। 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रकै कोर्टमा सुरु हुने प्रतिस्पर्धा लिग कम नकआउटका आधारमा हुनेछ। प्रतियोगितामा १० टोलीले तीन दिन लिग र चौथो र पाँचौं दिन सेमिफाइनल र फाइनल प्रतिस्पर्धा गर्नेछन्। 

गण्डकी प्रदेशको टोली प्रतिस्पर्धाका लागि अन्तिम तयारीमा जुटिरहेको छ। मन्जु गुरुङको कप्तानीमा १२ सदस्यीय टोली चयन गरिएको छ।

सहभागी टिम यही पुस ३० गते पोखरा आइपुग्नेछन्। तीन विभागीय तथा सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। खेल लिग कम नकआउटका आधारमा हुनेछ। प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ उपलब्ध गराएको छ। उपलब्ध गराएको बजेटबाटै प्रतियोगिता सम्पन्न गर्नुपर्ने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगिताका लागि ३८ लाख रुपैयाँ खर्च हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिबी नेपालीले जानकारी दिए। 

प्रतियोगितामा विजेता टोलीले ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। उत्कृष्ट विधातर्फ बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट लिबरो, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट प्रशिक्षकलाई नगद ५ हजारसहित सम्मानित गरिनेछ। उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक दीपकबहादुर गोदारले जानकारी दिए। 

प्रकाशित: ३० पुस २०७५ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App