coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतीय टोलीमा शंकर र गिल

सिड्नी– टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएपछि बर्खास्तीमा परेका केएल राहुल र हार्दिक पाण्डेयको स्थानमा भारतले अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्धको शृंखलाका लागि अलराउन्डर विजय शंकर र ब्याट्सम्यान सुब्मन गिललाई टोलीमा समावेश गरेकाे छ । 

भारतीय राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय राहुल र पाण्डेयले एक टेलिभिजन अन्तर्वार्तामा महिलामाथि गलत टिप्पणी गरेपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को प्रतिबन्धमा परेका थिए । 

‘एडिलेडमा हुने दोस्रो एकदिवसीय खेलमा विजय शंकर टोलीमा आबद्ध हुनेछन्,’ मंगलबार हुने खेलका लागि भारतीय क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शंकरले अस्ट्रेलियाविरुद्ध हुने अन्य खेलमा टोलीबाट सहभागिता जनाउनेछन् भने न्युजिल्यान्डविरुद्ध पनि उनी सहभागी रहनेछन् । सुब्मन गिलले न्युजिल्यान्डविरुद्ध एकदिवसीय र ट्वान्टी–२० मा सहभागिता जनाउनेछन् ।’

पाण्डेयले टेलिभिजन अन्तर्वार्तामा महिलाहरूलाई ‘जोड्ने काम’ भन्दै उनीहरूलाई नाइट क्लब र बारमा मात्रैै हेर्न मन पराउने अभिव्यक्ति दिएका थिए । भारतले टेस्ट खेलमा पाएको सफलतालाई मनाइरहेको बेला भारतीय क्रिकेट बोर्डले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । 

उक्त अभिव्यक्तिपछि भारतका कप्तान विराट कोहलीले पनि पाण्डेय र राहुलको टिप्पणी ठीक नभएको प्रतिक्रिया दिएका थिए ।

विवादास्पद अभिव्यक्ति दिएका दुवैले गल्ती भएको स्वीकार गर्दै सामाजिक सञ्जालबाट माफी  मागेका छन् । 

भारतीय क्रिकेट बोर्डले केकति समयका लागि बर्खास्त गरेको भन्ने बारे कुनै पनि उल्लेख गरेको छैन । पाण्डेय र राहुलबिनाको भारतीय क्रिकेट टिमले पहिलो एकदिवसीय खेलमा घरेलु टोली अस्ट्रेलियालाई ३४ रनको नतिजा सुम्पिएको थियो । उक्त खेलमा रोहित शर्माले विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेले पनि उनको शतक अर्थहीन भएको थियो । तीन एकदिवसीय शृंखलाको दोस्रो खेल मंगलबारबाट हुनेछ ।

प्रकाशित: ३० पुस २०७५ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App