७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा.केसीलाई अस्पताल लगियाे

इलाममा १६औं सत्याग्रहका क्रममा अस्पताल भर्ना भएका डा.गोविन्द केसी । तस्बिर : भीम/नागरिक

इलाम– सत्याग्रहको छैटौं दिन (सोमबार) वरिष्ठ चिकित्सक डा.गोविन्द केसीलाई अस्पताल सारिएकाे छ। मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा.केसीलाई बिहान ९ बजेतिर इलाम अस्पतालमा सारिएकाे हाे।

चिकित्सकका अनुसार डा.केसीको श्वासप्रश्वासमा समस्या छ। ‘दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु धड्किने, बेला–बेला रोकिने भएको छ,’ चिकित्सक रामकृष्ण आचार्यले सोमबार बिहान नागरिकन्युजसँग भने। चिकित्सक आचार्यका अनुसार डा.केसीको छात्तीमा संक्रमण भएको छ भने टन्सिलले घाँटी सुन्निएको छ। आइतबार साँझसम्म अस्पताल जान नमानेका केसी अस्पताल जान सहमत भएको उनीसँगै रहेका अभियन्ताले बताएका छन्।

आइतबार गरिएको परीक्षणमा डा.केसीको मुटुको गति अनियमित भइ अस्पताल लैजानुपर्ने अवस्था आएपनि उनी अस्पताल जान मानेका थिएनन्। डा.केसीलाई निमोनियाको आशंका पनि गरिएको छ। जुम्लामा २७ दिनसम्म १५औं सत्याग्रहमा बसेका डा.केसीलाई काठमाडौं ल्याइएपछि गत साउन १० मा राष्ट्रिय चिकित्सा शिक्षा ऐनमार्फत् माग पूरा गर्नेगरी २२ बुँदामा सहमति भएको थियो। तर, गत २५ गते संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गर्दा आफ्ना माग अक्षरशः पालना नभएपछि डा.केसीले २५ गते साँझ नै सदरमुकामस्थित फूलगाछीको एक निजी घरमा १६औं सत्याग्रह थालेका हुन्। 

प्रकाशित: ३० पुस २०७५ ०३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App