८ वैशाख २०८१ शनिबार
खेल

लिग च्याम्पियन पुलिससँग स्तब्ध

धनगढी- निरकुमारको गोलमा सहिद स्मारक लिग च्याम्पियन मनाङलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब धनगढीमा जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपअन्तर्गत आइतबार सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको ६८ औं मिनेटमा पुलिसका नीरकुमार राईले गरेको गोल नै पुलिसको जितका लागि पर्याप्त भयो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई नीरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट शक्तिशाली भली प्रहार गर्दै गोल गरेका थिए ।

धनगढी रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भयो । खेलको ११औं मिनेटमा मनाङले गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन । हेमन गुरुङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले दोस्रो प्रयासमा नियन्त्रण गरेर गोल हुनबाट बचाए । २९औं मिनेटमा पाएको अवसर प्रहरीको पनि गुम्यो । तीर्थ रानाले २५ यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा पुलिस अग्रता लिनबाट वञ्चित भयो । दुवै टिमले पाएका अवसर सदुपयोग नहँुदा पहिलो हाफ नीरस भयो । दोस्रो हाफमा पुलिस आक्रामक बन्यो । खेल सुरु हुनेबित्तिकै नीरकुमारको प्रहारले पोस्टको दिशा लिन सकेन । ६२औं मिनेटमा हेमन गुरुङको क्रसमा मोहम्मद आसिफको हेडले हानेको बललाई पुलिसका गोलरक्षक शत्रुघ्न चौधरीले बचाए । 

८०औं मिनेटमा पाएको अवसर पुलिसले सदुपयोग गर्न सकेन । पुलिसका अब्दुल करिमको प्रहार क्रसबारभन्दा थोरै माथिबाट बाहिरिएको थियो । पुलिसका प्रशिक्षक अनन्त थापाले खेलाडीले रणनीनिअनुसार धेरै मिहिनेत गरेर राम्रो खेलेकाले जित्न सफल भएको बताए । ‘मनाङ मस्र्याङ्दी च्याम्पियन टिम हो, बलियो टिम हो,’ उनले भने, ‘हाम्रो टिममा युवा खेलाडी छन् । उनीहरूले रणनीतिअनुसार खेल्दा जित हात प¥यो ।’ पराजित टोली मनाङ मस्र्याङ्दीका प्रशिक्षक तोपे फुजाले लिग सकिएपछि खेलाडीले विश्राम नपाएका कारण फिटनेसमा समस्या देखिएको बताए । 

निर्णायक गोल गरेका नीरकुमारले खेलको अफ दी म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे । यस जितसँगै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको पुलिसले सेमिफाइनलमा सएिमजी संकटा र क्यामरुनको धाउफिन्स एफसीको विजेतासँग खेल्नेछ । धाउफिन्स प्रतियोगितामा सहभागी हुन नेपाल आइसकेको प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले बताए ।

मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ प्रत्येक खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । सोमबार तेस्रो क्वाटर्रफाइनलमा च्यासल युवा क्लब र रुस्लान थ्री स्टार भिड्नेछन् ।

खेलको ६८औं मिनेटमा पुलिसका नीरकुमार राईले गरेको गोल नै पुलिसको जितका लागि पर्याप्त भयो ।

प्रकाशित: ३० पुस २०७५ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App