७ वैशाख २०८१ शुक्रबार
खेल

बलेफी गाउँपालिकालाई जिल्ला स्तरीय फुलबलकाे उपाधि

उपाधिका साथमा आयोजक बलेफी गाउँपालिकाका खेलाडीहरु। तस्बिर : ध्रुव/नागरिक

लामोसाँघु (सिन्धुपाल्चोक) - प्रथम बलेफी गाउँपालिका जिल्ला स्तरीय फुलबल प्रतियोगिताको उपाधि आयोजक बलेफी गाउँपालिकाले जितेकाे छ। प्रतियोगिताको विजेता बनेकाे बलेफीले नगद १ लाखसँगै १७ किलोका ट्रफी प्राप्त गर्‍याे।

स्थानीय बसन्तपुर मैदानमा आइतबार भएको फाइलनमा बलेफीले सुनकोसी गाउँपालिकालाई ३–२ गोलले हराउँदै उपाधि जितेको हो। खेलको मध्यान्तरअघि एक गोलको अग्रता बनाएको बलेफीले त्यसपछि दुई गोल थप्दै उपाधि पक्का गर्‍यो। दोस्रो हाफमा लगातार दुई गोल गर्दै खेलमा सुनकोसीले फर्कँने संकेत देखाएपनि थप गाेल गर्न नसक्दा बलेफीले उपाधिमाथि कब्जा जमायाे।

बलेफीकालागि खेलको २१ औं मिनेटमा राजकुमार घिसिङ, ५१ औं मिनेटमा लक्ष्मण बिक र ६१ औं मिनेटमा आकाश लामाले गाेल गरे। यस्तै सुनकोसीका लागि ६२ औं मिनेटमा आवास योञ्जन तथा त्यसकाे १० मिनेटपछि नै कृजल खड्काले गाेल गरेका थिए। उपविजेता बनेकाे सुनकोसीले ५० हजार रुपैयाँ प्राप्त गर्‍याे। प्रदेश नं. ३ का उद्योग, पर्यटन तथा वनमन्त्री अरुण नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री तथा सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले संयूक्त रुपमा विजेता र उपविजेता टोली तथा खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: २९ पुस २०७५ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App