coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

यी हुन् विवेकशील साझा पार्टी फुट्नाका कारण (पूर्ण पाठसहित)

काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाले पार्टी एकीकरणपछिको अवधिमा भए गरेका कामहरुको समिक्षा प्रतिवेदन तयार गरेर पार्टी भित्र छलफल चलाउन नपाउँदै सो दल टुक्रिएको छ।

थापाको प्रतिवेदनमाथि छलफल नै नगरि केन्द्रीय सदस्यको संख्या बढाएर अल्पमतमा पार्ने चलखेल रविन्द्र मिश्र पक्षले गर्न लागेको भन्दै उज्वल थापा समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गत शुक्रवार निवेदन दिएको छ।

उज्ज्वल थापाले समिक्षा प्रतिवेदनमा लेखेका छन्, ‘विवेकशील साझा पार्टी अहिले समग्रमा गलत बाटोतर्फ गइरहेको छ।’
आफ्नो पार्टीका समस्याहरु उनले बुँदागत रुपमा औंल्याएका छन्। चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको, दलले प्राप्त गरेको सफलतालाई कायम राख्न नसकेको, दलले गति लिन नसकेको र ढंग पनि पर्याप्त नदेखिएको, पार्टीमा सामुहिकताको कमि देखिएको जस्ता कमजोरी थापाले औंल्याएका छन्। (पढ्नुहोस् उज्वल थापाको समिक्षा प्रतिवेदन)

प्रकाशित: २९ पुस २०७५ १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App