१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रिपरकाे ठक्करबाट बालककाे मृत्यु

महाेत्तरी - महाेत्तरीकाे सम्सी गाउँपालिकामा ट्रिपरकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ। आइतबार गौशाला नगरपालिकामा रहेको खोलाबाट ग्राभेल वोकेर सम्सी तर्फ गइरहेको ना७ख ६४२७ नम्वरको ट्रिपरले ठक्कर दिँदा ८ वर्षीय बालक सदाम शेखकाे मृत्यु भएकाे हाे।

सम्सी गाउँपालिका–२ पर्सादेवाड स्थित सडकको किनारमा खेल्दै गरेका बालक शेखलाई ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीक प्रवक्ता समेत रहेका डिएसपी खगेन्द्र बहादुर खड्काले बताए। तीव्र गतिमा रहेको ट्रिपरका चालकले नियन्त्रण गुमाएपछि बालकलाई ठक्कर दिन पुगेको प्रहरी भनाइ छ। ट्रिपर चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ।

 

प्रकाशित: २९ पुस २०७५ १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App