coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नगरकोटीको 'घाटमान्डु'

काठमाडौं- फिक्सन डिजाइनर कुमार नगरकोटीको नया“ आख्यान 'घाटमान्डु' शनिबार सार्वजनिक भएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा घाटमान्डु उत्सव नाम दिइएको विमोचनमा कविहरु विप्लव प्रतीक र चन्द्रविर तुम्बापो, पत्रकार वसन्त बस्नेत तथा नगरकोटीका लिटररी एजेन्ट राजन गोदारले घाटमान्डुमा संगृहित रचना तथा कविता वाचन गरेका थिए। नगरकोटीले पनि आफ्ना रचना र रचना गर्भबारे चर्चा गरेका थिए।

कविता वाचनपछि विप्लव प्रतीकले नगरकोटीका कविताले आफ्नो दिमाग झनझनाएको प्रतिक्रिया दिए। नगरकोटीले आफूलाई फिक्सन डिजाइनर भने पनि उनको नया“ आख्यान घाटमान्डुलाई फिक्सन, ननफिक्सन एन्ड अदर एडिक्सन सबटाइटल दिइएको छ। 

नगरकोटीको पुस्तक विमोचन पनि फरक शैलीबाट गरिएको थियो। शिल्पी थिएटरमा घाटमान्डु उत्सवको अन्त्य गर्दै नगरकोटीले पा“च जना कला, साहित्य र संगीतप्रेमीलाई बोलाएर आफ्नो पुस्तक विमोचन गरेका थिए।

फिल्म निर्देशक नवीन सुब्बा, चित्रकार एरिना ताम्राकार, अभिनेत्री सरिता गिरी, संगीतकार एवं गायक आभाष र फोटोग्राफर कुमार आलेले घाटमान्डु विमोचन गरेका थिए।

कला, साहित्य र संगीतका साधु र साध्वी भएकाले ती पा“च जनाबाट आफ्नो आख्यान विमोचन गराएको नगरकोटीले सुनाए। बुकहिल पब्लिकेसन्सले बजारमा ल्याएको आख्यानको मूल्य ३ सय ९९ रुपैयाँ छ।

प्रकाशित: १७ आश्विन २०७३ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App