coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

१२ लाख २५ हजार घुस सहित मालपोतका सुब्बा पक्राउ

सन्ताेषकुमार सिंह

सर्लाही–सर्लाही सदरमुकाम मलंगवाबाट मालपोत कार्यालयका कर्मचारी १२ लाख २५ हजार घुस सहित पक्राउ परेका छन्। मालपोत कार्यालय सर्लाहीका नायब सुब्बा नरेश रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

घरजग्गाको मालपोत निर्णय गरेर दर्ता पक्रियाबाट लालपुर्जा बनाइदिने भन्दै रायले १० जनाबाट प्रतिधुर १० हजारको दर घुस लिदालिँदै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बर्दिबासले जनाएको छ ।

आयोगको टोलीले मलंगवा–१० जिविस चोकस्थित डेराबाट घुससहित गए राति पक्राउ गरेको हो । घुससहति पक्राउ परेका नायब सुब्बा रायलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बर्दिबास सम्पर्क कार्यालयले जनाएको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App