coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१४ हजार २३१ सवारी चालक कारवाहीमा

काठमाण्डौ - चालु आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालक कारवाहीमा परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगर्ने, जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो। कारवाहीमा पर्नेहरुमा १३ हजार ३३० पुरुष चालक र ९०१ महिला चालक रहेका छन्।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरिएको बताए। “आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो” महाशाखा प्रमुख पन्तले बताए।

महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ। सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा समेत लिइदै आएको छ। विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ। जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन्। रासस

प्रकाशित: २९ पुस २०७५ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App