coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘माफ गर्नुहोस्, झापाको भ्यू टावर चढेपनि बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ’

फाइल तस्बिर: नागरिक

काठमाडौ– नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मिनेन्द्रप्रसाद रिजालले गएको आइतबार प्रधानमन्त्रीले व्यक्त गरेका भनाईको चर्को आलोचना गरेका छन्। प्रधानमन्त्रीले गत आइतबार संसदमा प्रस्तुत गरेका तथ्याङ्क आधारहिन रहेको उनले बताए।  

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै रिजालले अर्थतन्त्रमा समस्या रहेको औंल्याए। ‘प्रधानमन्त्रीले साङ्खिकि धेरै प्रस्तुत गर्नुभयो, अर्थमन्त्रालयको मालिस गर्नेहरुले प्रधानमन्त्रीलाई तथ्य पढाइदिएको भए हुन्थ्यो नि।’ रिजालले भने, ‘मुद्रा प्रदाय भन्दा मुद्रास्फ्रिति बढेको छ, आयात बढेको छ, व्यापार घाटा छ, यो सरकारकै कारण विप्रेषण बढेको हैन, बजेट खर्च नगदमा बढेको छ, नेप्से तीन सय अंकले घटिसकेको छ।’

रिजालले प्रधानमन्त्रीलाई व्यङ्ग गर्दै भने, ‘काठमाडौं खाल्डोबाट देखिएन होला। झापामा भ्यू टावर बनाउने भन्नुभा छ। माफ गर्नुहोला प्रधानमन्त्री जी, खाँबो बाङ्गो छ, तपाइले देखे जस्तो देशको स्थिति छैन। झापाको भ्यू टावर चढेपनि निर्मला बलात्कार र हत्याको टाटो परैबाट देखिन्छ।’

राष्ट्रपतिलाई भोगविलासी नबनाउ

राष्ट्रपति संस्थालाई भोगविलासी बनाउँदै लगेर नयाँ दरवार बनाउन लागेको भन्दै रिजालले आपत्ति जनाए। रिजालले भने, ‘१८ करोडको गाडी र डेढ अर्बको हेलिकोप्टरमा चढाएर राष्ट्रपति संस्थालाई नयाँ दरवारको रुपमा भोगविलासको बिम्ब बनाएर लाने सरकारको निर्णयबाट संस्था बलियो हुँदैन। गणतन्त्र बलियो हुँदैन।’ उनले अगाडि भने, नेपाल जे छ, जस्तो छ, जनताको आर्थिक अवस्था जस्तो छ, त्यही सुहाउँदो राष्ट्रपतिलाई सेवा गर्न चाहन्छन् नेपाली जनता। नयाँ दरवार बनाउन चाहदैनन्।’

प्रधानमन्त्री केपी ओलीका विभिन्न समयका अभिव्यक्तिको आलोचना गरेको रिजालले भने, ‘प्रधानमन्त्री ज्यू बुद्दजीविलाई लखेटेर, थला पारेर, कर्मचारीलाई तर्साएर पत्रकारको पेशागत स्वतन्त्रतामाथि आक्रमण गरेर, सत्याग्रहीको मानमर्दन गरेर, संवैधानिक अंगलाई निस्तेज बनाउँदै लगेर अनि संसद छलेर लोकतन्त्र बलियो हुँदैन।’ उनले भने, अन्तर प्रदेश परिषदलाई सक्रिय नबनाइ, संस्था बलियो नबनाइ संघीयता बलियो बनाएँ भनेर दावी गर्न पाइदैन।’

प्रकाशित: २९ पुस २०७५ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App