coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बस दुर्घटनामा दुई जनाको मृत्यु, २६ घाइते

पोखरा- काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा गुल्मी जिल्लाको नेटा गाविस– २ का ४७ वर्षीया मनरुपा अर्याल र उनको दुई वर्षीय नाती अतित अर्याल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते यात्रुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बगरका प्रहरी नायब निरीक्षक शिवबहादुुर खत्रीले जानकारी दिए।

एउटा बसले अर्को बसलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई सडकको किनारमा पल्टिएको थियो र बसका चालक कृष्णबहादुर बूढालाई नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित: १७ आश्विन २०७३ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App