८ वैशाख २०८१ शनिबार
खेल

महिला टि–२० क्रिकेट : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आइतबार तेर्थाई क्रिकेट मैदानमा भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।

मलेसियाले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा रोमा थापाले अविजित २० रनको योगदान दिइन्। उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन्।

त्यस्तै ओपनर सिता रानामगर १५, ममता कुमारी चौधरी नटआउट ९, र अर्की ओपनर काजल श्रेष्ठले ६ र इन्दु वर्माले ३ रनको योगदान दिए। सरिता मगर भने खाता नखोल्दै रनआउट भइन्। मलेसियाका लागि इन्तान जफार र ऐना हसिमले १–१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुँदै ६१ रन बनाएको थियो। मलेसियाकी सिओ जीन यीले १२ र युश्रीना याकोपले ११ रन जोडनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न नेपालकी सरिता रानामगरले सर्वाधिक ४ विकेट लिइन। यस्तै, नेरी थापा, इन्दु बर्मा र कविता कुँवरले समान एक–एक विकेट लिए।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। पहिलो खेलमा चीनलाई हराएको नेपालले ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो। अब नेपालले भोली र युएईसँग खेल्नेछ।

प्रकाशित: २९ पुस २०७५ ०६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App