तेपेमिजार
बिहानै उठ्छन्
मङ्गलीले तावामा सेकाएका
दुई पाप्रा रोटी खाएर
काममा लाग्छन -
छिनो र मार्तलले ढुङ्गा काट्छन्
र अर्काको घरको गारो हाल्छन् ।
उनले पसिना बगाएर
धेरै माटो मुछेका छन्
आफ्नै नङ्गको रन्दा लगाएर
धेरै ढुङ्गा चिल्ल्याएका छन
र, त्यही माटोले जोडेर
गारोको सुरमा ढुङ्गा मिलाउँदै
धेरैको घर बनाइदिएका छन
तर जति घर बनाए पनि
आफू भने सधैं
तुसारोको डसनामा
शीतको कम्मल ओडेर
खुल्ला आकाश मुनि
रात कटाउन बिबश छन।
मिस्त्री हुन उनी।
कहिले ढुङ्गा काट्छन
कहिले गिट्टी कुट्छन्
कुट्ता कुट्तै कहिलेत
आफैले चलाएको मार्तलले
आफ्नै औला कुट्छन
र, अलिकति बाँकी भएको
आफ्नो जिउको रगत पनि
माटोमा पोख्छन
पीडा सहन नसकी
आँखाबाट बग्दै
ओठसम्म पुगेको
नुनिलो पानीको घुट्काले
सुकेको आफ्नो घाँटी भिजाउँछन।
छिनु तेपेको हतियार हो
यही हतियारले
अभावसँग लडेको बीस बर्ष भयो
मार्तल उनको निशानी हो
यसैको लोगो
दौराको तूनामा सिउरेर
जीवनको वहीखातामा
दिनदिनै हस्ताक्षर गर्दै
गरीबीसँग जुधेको पनि
दुई दशक नाघि सक्यो
निजामतीमात
बीस वर्षमा पेन्सन नै पाक्छ
तर तेपेको चुल्होमा
चखिलो गरि नूनलागेको
सिस्नु नपाकेको पनि
बर्षौं भयो।
बूढो शरीर
दिनभरि थाकेपछि
साँझमात
जहाँ पनि निदाउँछ
हरेक पटक निदाउँदा
तेपेको आँखाले पनि सपना देख्छ
सपनामात उनको चुल्होमा पनि
मोटा चामल कै किन नहोस
जाउलो छड्कन्छ
तर जब उनी ब्युझन्छन
उहीँ दुई पाप्रा रोटी
उनकोअ गाडि ङिच्च गर्छ।
ठाउँठाउँ तुनेको टोपी
आजसम्म
तेपेको शीरबाट झरेको छैन
धेरै ठाउँ टालेको दौरा
एक दिन पनि
उनको जिउबाट उत्रेको छैन
उनी भन्छन -
'टोपी उनको देश हो
यो झर्नु हुन्न
दौरा देशको पहिचान हो
यो खस्नु हुन्न!'
सिङ्गै देश
आफैसँग बोकेर हिड्दा पनि
देशले तेपेलाई देखेको छ कि छैन होला?
गरिबी निवारण मन्त्रालयले
तयार पारेको गरीबको सूचीमा
तेपेको नाम समाबेश छ कि छैन होला?
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत