७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

पेरिसमा ग्यास विस्फोटन, दुई अग्निनियन्त्रकको मृत्यु, दर्जन बढी घाइते

फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा बेकरीमा भएको विस्फोटनपछि देखिएको दृश्य। तस्बिर : एजेन्सी

पेरिस – फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा बेकरीमा भएको विशाल विस्फोटनमा परी दुई अग्निनियन्त्रको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।  ग्यास लिक भएको भनेर त्यसमा प्रतिक्रिया जनाउने क्रममा नाटकीय ढंगबाट विस्फोटन हुँदा आपतकालीन सेवा अन्तर्गतका दुई अग्निनियन्त्रणको मृत्यु भएको फ्रान्सका आन्तरिक मन्त्री क्रिस्टोफ कास्टान्रलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

घटनामा परी ४७ व्यक्ति घाइते भएका छन्, जसमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। स्थानीय समयअनुसार बिहान नौ बजेतिर रु दी ट्रेभिजको नवौं एरोनडिस्सेमेन्टमा विस्फोटन भएको बिबिसीले उल्लेख गरेको छ।फ्रान्सको राजधानी पेरिस र अन्य सहरहरुमा सरकार विरोधी नयाँ प्रदर्शन पनि भइरहेका छन्। सरकारलाई दबाव दिँदै आएका ‘पहेंलो भेस्ट’ प्रदर्शनकारीले प्रदर्शनका तयारी गरेपछि शनिबार करिब ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

यद्यपि पेरिसमा भएको विस्फोटन पहेंलो भेस्ट प्रदर्शनसँग भने सम्बन्धित नभएको बताइएको छ। विस्फोटन भएलगत्तै बेकरी जलेको थियो भने बेकरीबाहिर रहेका कार र अन्य पसलका भग्नावशेष पनि पसलबाहिर छरिएका थिए।

प्रकाशित: २९ पुस २०७५ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App