५ वैशाख २०८१ बुधबार
खेल

जावलाखेल च्याम्पियन

काठमाडौं – जावलाखेल पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा क्रिकेटको ह्वीलचेयरतर्फ शनिबार पहिलो भएको छ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा जावलाखेलले बिआइएलाई २२ रनले पराजित पहिलो बनेको हो। जावलाखेलका डिगमसिंह चेम्जोङ ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट ब्याट्सम्यान चुनिए। बिआइएका सुपर राई उत्कृष्ट बलर तथा जावलाखेलका दीपक तिमल्सिना उत्कृष्ट फिल्डर घोषित भए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा ह्वीलचेयर क्रिकेट संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको स्टेन्डिङतर्फ नीलो टिमले रातो टिमलाई ५३ रनले हराउँदै पहिलो भयो। नीलोका छबिलाल धोबी ‘म्यान अफ द सिरिज’ र उत्कृष्ट बलर ठहरिए।

विजेतालाई राखेपका सदस्यसचिव केशवकुमार बिष्ट लगायतले पुरस्कृत गरे। सो अवसरमा ह्वीलचेयर क्रिकेट संघ नेपालले सदस्यसचिव बिष्ट र अन्नपूर्ण पोस्टका फोटो पत्रकार विकास कार्कीलाई सम्मान गरेको थियो।

प्रकाशित: २९ पुस २०७५ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App