८ वैशाख २०८१ शनिबार
खेल

सालाहको गोलमा लिभरपुलको जित

काठमाडौं – मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा सालाहले खेलको ५० औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे। डिबक्स भित्र मिडफिल्डर ब्राइटनका पस्कल ग्रसले सालाहलाई फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो।

जितसँगै २२ खेलबाट ५७ अंक जोडेको लिभरपुलले दोस्रो स्थानको साविक विजेता म्यानचेष्टर सिटीलाई ७ अंकले पछि पारेको छ। तर, सिटीले लिभरपुलभन्दा एक खेल कम खेलेको छ। पराजित ब्राइटन भने समान खेलबाट २६ अंक जोड्दै १३ औं स्थानमा छ।

प्रकाशित: २९ पुस २०७५ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App