प्रविधिको लतमा बालबालिका

शनिबार, २८ पुष २०७५, १९ : ५५ नागरिक

प्रा. गंगा पाठक 

विद्युतीय उपकरण जति भित्रियो त्यो मानिसमा आएको एउटा विकास हो । हामीमा विद्युतीय सामग्री जति भित्रियो त्यसले सबभन्दा ठूलो चुनौती अभिभावकलाई र स्कुललाई दिन्छ । जति विकास हुँदै गयो, त्यसले विनाश पनि त्यत्तिकै हुने गरेको छ । यसले मान्छेका भावना, सृजनशीलता, पारस्परिक सम्बन्धलाई विनाश गर्दै लगेको छ । कुनै स्कुलको प्यारेन्टिङमा गएको बेला, त्यहाँ धेरै अभिभावकले मेरो बच्चाले विद्युतीय सामान धेरै चलाउँछ के गर्ने के गर्ने भन्न थाले । त्यस प्रश्नको उत्तरमा बालबालिकाले ती विद्युतीय सामग्री लिएर जन्मेको त होइन, उसलाई ती सामग्री उपलब्ध गराइदिने त हामीले नै हो भन्नुप-यो । ती विद्युतीय उपकरणलाई कति अभिभावकले गौरवका साथ दियौँ, कतिले अर्काको देखासिकी गरेर दियौं, कतिले मैले अरुले नदिँदै बच्चालाई आइप्याड दिएँ म त कति क्यापेबल अभिभावक भन्ने शानले दियौं, कतिले बच्चाले अरुको देखेर रोएका कारणले दियौँ । दिन त ती विद्युतीय सामग्री हामीले नै दियांै । हामीले यसैसँग मायामोह गाँसेर बस भनेर दिएको त हो नि ! त्यसकारण त्यसलाई कटौती गर्ने त हामीले नै हो । त्यसलाई जादुमन्त्र गरेर हटाउने त कुरै भएन । अब ती विद्युतीय सामग्री युज टु भइसक्यो । यता बसे पनि त्यै चलाएका छन्, उता बसे पनि त्यै चलाएका छन्, खाँदा पनि त्यही चलाएका छन् । जतिखेर पनि ती सामग्री चलाइरहेका छन्  । कोही बाहिरको नयाँ मान्छे आउँदा पनि केही अन्तरक्रिया छैन त्यही हेरेर बसेका हुन्छन् । कसैको घरमा गए पनि झिकेर एउटा कुनामा बसेर त्यही हेरेका हुन्छन् । यस्तो अवस्थामा हामी अलि कडा हुनु प-यो । कुनै समय चलाउने त्यसपछि चलाउनै नपाइने बनाउनु पर्छ । हामी अभिभावकसँग त्यसको अप्सनमा हुुनु प-यो । बच्चालाई आउटिङ लैजाने हो कि, बच्चासँगै खेल्ने हो कि ती काम गर्नु प-यो । पहिलाका बच्चा त लुंडो खेल्ने, चेस खेल्ने, बागचाल खेल्ने, आलुक्रस खेल्ने, नजिकै बाहिर गएर ब्याड मिन्टन खेल्ने, भलिबल खेल्ने, फुटबल खेल्ने अरु केही नभए चुंगी खेल्ने गर्थे । अहिले त शरीरलाई चाहिने खेलहरु पूरै रोकिएका छन् । शरीरलाई हानि पु¥याउने, मानसिक स्वास्थ्यलाई असर गर्ने र रोग बल्झाउने किसिमका खेलहरु भने सुरु भइरहेका छन् ।

यो समस्या समाधानका लागि के गर्ने ?

यसलाई पूरै कटौती गर्नु त भएन, समय तोकिदिनु प-यो । चलाउनै नदिने होइन । चलाउनु त पर्छ, यो वैज्ञानिक कुरा हो । वैज्ञानिक कुराको उसलाई पनि त ज्ञान हुनु प-यो । साथीहरुले सोध्दा भन्न सक्नुप-यो, यो यस्तो हो भनेर तर त्यसको मिसयुज गर्न दिनु भएन । पीडा चाहिँ त्यो हो । बालबालिकालाई  हामीले नै रोगी बनाएका हौँ । 

प्रविधिका फाइदा बेफाइदा के–के हुन् ? 

यसका फाइदा त केही पनि छैनन् । फाइदा छ त केवल टेक्नोलोजीसँग ज्ञान हुन्छ । त्यसलाई ‘प्रोडक्टिभ वे’ले युज ग-यो भने कत्ति कुरा युट्युबमा पाइन्छ, त्यहाँ विभिन्न किसिमका लेसनहरु सिक्न पाइन्छ । धेरै नयाँनयाँ कुरा पाइनुका साथै  संसारभरिका सूचना क्षणभरमै हेर्न पाइन्छ । वास्तवमा भन्नुपर्दा यसका फाइदाभन्दा बेफाइदा नै बढी छन् । पहिलो कुरा त यी सामग्री हेरिरहने बालबालिकामा ध्यानकेन्द्रित गर्ने क्षमता हुँदैन । दोस्रो ती बालबालिका एकलकाँटे हुन्छन् । अरु साथीसंगी मिलजुल गर्ने, कुराकानी गर्ने, सेयर गर्ने गर्दैनन् । साथीभाइ, बाबुआमासँग पनि केही कुरा सेयर नगर्ने बानी हुँदै जाँदा बालबालिका टिनेजमा पुगेपछि नराम्रो साथीको संगतमा फँस्छन् । कुन साथी कस्तो छ, को कस्तो नेचरको हो भन्ने तिनीहरुलाई थाहै हुँदैन ।

ती विद्युतीय सामग्रीकोे लतले शारीरीक रुपमा पनि अस्वस्थ हुँदै जान्छन् । बढ्दो उमेरको बच्चाले त एक्सरसाइज गर्दा मसल्स, बडी पाटर्सहरु डेभलप हुन्छ, त्यो पनि हराइसक्यो । अर्को नराम्रो पक्ष भनेको त्यस्ता बालबालिकाको एकअर्कासँग अन्तक्र्रिया घट्छ । बुबा–आमासँगको मायामोह केही हुँदैन । ती बालबालिकालाई  ती सामग्रीसँग मात्र मायामोह बढ्दै जान्छ । अनि ती बालबालिका रिसाहा प्रवृत्तिका हुन्छन् । सेयर गर्दा पो रिस घट्थ्यो त ! गेम खेल्दै जाँदा हारेपछि एकदमै रिसाहा हुन्छन् ।  

विद्युतीय सामग्रीले अहिलेका बालबालिकाको दिमाग अनि आँखामा धेरै नै असर परेको हुन्छ । यी विद्युतीय सामग्रीले नोक्सानी गर्छ भन्ने कुरा स्कुलमा पनि पढाउनुपर्छ । अवेरनेस प्रोग्रामहरु ल्याउनै पर्छ ।

स्कुले बालबालिका चाहिने भन्दा पनि नचाहिने साइड हेर्ने गर्छन् । ती विद्युतीय सामग्रीको मिसयुज गर्ने, नचाहिने कुरा डाउनलोड गर्ने, सेक्सका कुराहरु हेर्ने गर्छन् । स्कुलमा कसरी मोबाइल लैजान्छन्, थाहै हुँदैन । नचाहिने कुरा त मान्छेले छिट्टै सिक्छ । चलाउँदा चलाउँदै एउटा मान्छेको टाउको काटेर अर्कैमा हाल्ने नराम्रो कुराहरु पोस्ट गर्ने गर्छन् । यसो गरेर ‘क्रिमिनल एटिट्युड’ बढाइरहेको हुन्छ । यस्तो मिस युज हुन्छ भने हामीले बालबालिकालाई विद्युतीय सामग्री दिनै हुँदैन । यस्तो कुराले एक्स्पोज पायो भने त तिनीहरुको जीवन बर्बाद हुन्छ । तिनीहरुले पढ्ने, नयाँनयाँ कुरा सिक्ने, साथी बनाउने, कम्पिटिसनमा जाने, आफ्नो क्षमतालाई बढाउँदै लैजाने, खेल, एक्स्ट्रा करिकुलममा उनीहरु जिरो नै हुन्छन् । पढ्नै मन लाग्दैन । पाँच छ कक्षासम्म त ठीकै हुन्छन्, त्यसपछि बिग्रिँदै जान्छन् । पढाइमा अगाडि जानुको सट्टा पछाडि पर्दै जान्छन् । सोसल नेटवर्कमा इन्गेज हुन थालेपछि त नचाहिने कुरा धेरै हेरेर समय गएको थाहै पाउँदैनन् । ती सामग्री चलाउँदा चलाउँदै रातिसम्म चलाउँछन् अनि निद्रा पुग्दैन अनि अस्वस्थ हुने, डिप्रेसनमा जाने हुन्छन् । इलेक्ट्राेनिक सामग्रीका कारणले डिप्रेसन हुने धेरै बालबालिका छन् । 

पाठ्यक्रम प्रविधिमैत्री बनाउँदा केही हुन्छ त ? 

पाठ्यक्रम परिवर्तन भन्दा पनि बालबालिकामा सचेतना (अवेरनेस) ल्याउनै पर्छ । यी सामग्रीलाई कसरी चलाउने, हेल्दी कुरा के हुन्, अनहेल्दी कुरा के हुन् भनी सिकाउनुपर्छ । आमाबुबाले छोराछोरीलाई कन्ट्रोल गर्न सक्नुपर्छ । उनीहरुलाई राम्रो तरिकाले बुझाएपछि नबुझ्ने होइनन्, बुझ्छन् पनि । यी सामग्री हेर्दाहेर्दा सुसाइडसम्मका केस आएका छन् । यी सामग्रीको प्रयोगले नचाहिने कुरा हेर्दाहेर्दै बिग्रने धेरै भएका छन् । सचेतना कार्यक्रम त ल्याउनै पर्छ । सबै स्कुलहरुले मोबाइल अनिवार्य रूपमा ब्यान्ड गरिदिनुपर्छ । 

अभिभावकहरुलाई सुझाव 

मेरो बच्चाले विष खान्छु भनेर माग्यो भने दिने कि नदिने ? यो त विष हो नि त, यो त अभिभावकले बुझ्नुप-यो । अहिले उमेर पुगेको छैन, अहिले पढ्ने बेला हो, प्लस टु सकेपछि पाउँछस् भन्न सक्नुप-यो । साथीले लग्यो, उसले खायो, मलाई पनि चाहियो भनेर मेरो बच्चाले विष माग्यो भने म कुनै हालतमा पनि दिन्नँ । हो, सबैले त्यही सम्झिनु प-यो । आज झगडा गर्छ, भोलि झगडा गर्छ, खाना नखाएर घुक्र्याउँछ भने तुरुन्त ल्याएर दिनुहुन्छ । उसले बुझ्यो नि बाबुआमाको कमजोरी कहाँनेर छ । अनि उसले ब्लाकमेल गर्न थाल्छ । घरको माहोल त्यस्तै छ, मनिटरिङ छैन, सुपरभिजन छैन । त्यो छोराले के चलाइरहेको छ, छोरीले के चलाइरहेको छ, कुन साइट हेरिरहेका छन्, त्यो हेर्नुछैन । आमाबुबा पनि त्यसमै व्यस्त छन्, घरको माहोल त्यस्तै छ,  उसले के गरोस् ? 







यसमा तपाईको मत


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...