७ वैशाख २०८१ शुक्रबार
समाज

रुखमा झुण्डिएर आत्महत्या

बाजुरा - बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटका ४० वर्षीय खगेन्द्र पाध्यायले रुखमा झुण्डिएर आत्महत्या गरेका छन्। घर नजिकैको घरमा झुण्डिएर पाध्यायले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिए।

शुक्रबार रातीबाट हराएका उनकाे शव शनिबार रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे भाटले बताए। भाटका अनुसार पाध्यायकाे मानसिक सन्तुलन ठिक नभएको र उनले यस अघि समेत घरमा विभिन्न कारण देखाई भिरमा हामफाल्छु, नदिमा हामफाल्छु भनी बारम्बार आत्महत्या गर्न प्रयास गरेका थिए। आत्महत्याको कारण बारे भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: २८ पुस २०७५ १४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App