बालबालिकालाई डिजिटल खेलौना दिने कि नदिने ?

शनिबार, २८ पुष २०७५, १९ : ०४ नागरिक

हिजोआज अब सबैथोक डिजिटल भइसक्यो । जमाना नै डिजिटल भइसक्यो । यस्तो अवस्थामा बालबालिकालाई इन्टरएक्टिभ डिजिटल खेलौना र खास किसिमका मोबाइल–ट्याब एप बनाउन थालिएको छ । तर बालबालिकाका लागि भनेर बनाइएका यस्ता सामग्रीले तिनको भलो गरिरहेको त छ ? अमेरिकामा भएको एउटा शोधले यस प्रश्नको जवाफ दिने प्रयास गरेको छ ।

अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सले हालै जारी गरेको रिपोर्टमा बालबालिकालाई टेलिभिजनका अघिल्तिर बसाउँदा मात्र वा खेल्नका लागि स्मार्टफोन, ट्याब्लेट र अन्य किसिमका डिजिटल खेलौना दिइँदा मात्र कुनै फाइदा हुँदैन । यसले बरु उल्टो हानि नै पु-याइरहेको हुन्छ । यसले उनीहरुलाई एकलकाँटे बनाइरहेको छ । यसले उनीहरुको संवाद गर्ने क्षमतामा ह्रास हुने गरेको छ । यता बाबुआमाले पनि बालबालिकाबाट थोरै फुर्सद पाउन भनेर दिइने यस्ता सामग्रीका कारण कुरा गर्ने, उनीहरुसँग नजिक हुनेजस्ता कुराबाट वञ्चित हुन्छ । घुलमिल हुनु नै बालबालिकाको विकासको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

न्युयोर्क युनिभर्सिटी स्कुल अफ मेडिसिन र बेलेव्यु अस्पतालका डा. एलेन मेन्डेलजोन भन्छन्, ‘वास्तविक खेलौना या पुस्तकले बालबालिकालाई आफ्ना आमाबाबुसँग नजिक बनाउँछ । यस्ता चिजबिज दिँदा बाबुआमाले ख्याल गर्नुपर्ने हुन्छ । यस्तो ख्याल गर्दा उनीहरुसँग नजिक बनाउँछ । यस्ता चिजले बालबालिकालाई बाबुआमासँग कुरा गर्ने, संवाद गर्ने भरपूर मौका दिन्छ । यसले बालबालिकाको मानसिक विकास हुन्छ ।’ डिजिटल खेलौनाले भने संवादको मौका नदिने मेन्डलजोन बताउँछन् ।

‘अहिलेसम्मको अध्ययनले फोन वा ट्याब्लेटमा बिताइएका दुई या तीन वर्षको समयले कम उमेरका बालबालिकालाई कुनै फाइदा पु-याएको देखिएको छैन । कुनै फाइदा छ भन्ने नदेखाउनु भनेको कुनै फाइदा पनि त होइन !’ मेन्डलजोन भन्छन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अनुसार दुई वर्षभन्दा कम उमेरका बालबालिकाका लागि स्क्रिन हेर्नु राम्रो होइन । चाहे त्यो टेलिभिजनको होस् या डिजिटल गेमको होस् या यस्ता किसिमका अन्य खेलौनाको । रिपोर्टले भनेको छ, ‘दुई वर्षभन्दा बढीका बालबालिकालाई दिनमा एक घण्टाभन्दा कम समय हेर्न दिनुपर्छ ।’

मेन्डलजोन र उनका साथीहरुले रिपोर्टमा लेखेका छन्, ‘सामान्यतः मानिसहरु ससाना बालबालिकालाई यसले केही सिक्ला भनेर स्मार्टफोन, ट्याब्लेट र डिजिटल खेलौना थमाइदिन्छन् तर यस्तो गर्नु गलत हुन्छ । यसको अत्यधिक प्रयोगले उनीहरुको शारीरिक विकासलाई गम्भीर असर पार्छ ।’

चिकित्सकहरुका अनुसार दुई वर्षभन्दा साना बालबालिकालाई सामाजिक, भावनात्मक र व्यवहारिक कौशल सिकाउनु आवश्यक हुन्छ । परिवारले उनीहरुलाई राख्ने ख्याल र सम्वादबाट सिक्छन् । यिनै कुरा डिजिटल खेलौनाबाट सिक्नु, टेलिभिजन हेरेर सिक्नु राम्रो कि बाबुआमाबाट सिक्नु राम्रो ?

हामीले बालबालिकालाई कुनै खेलौना दिँदा एक्लै छाड्नु हुँदैन । हरबखत कोही उनीहरुसँग हुनै पर्छ ताकि यी चिजबिजका बारेमा केही प्रश्न भए बुझाउन सकून् । मातापिताले यस्ता खेलौना छनोट गर्नुपर्छ, जसबाट बालबालिकाले आफ्नो कल्पनाशीलता प्रयोग गर्न सकून् वा सिकून् ।

बाल रोग विशेषज्ञहरुका अनुसार पाँच वर्षभन्दा साना बालबालिकालाई त्यही कम्प्युटर वा भिडियो गेम खेल्न दिनुपर्छ, जसले उनीहरुको मानसिक विकास गर्न सहयोग पुगोस् । यस्ता सामग्री वा खेल खेल्न दिँदा बाबुआमा उनीहरुसँगै हुनुपर्छ । उनीहरुलाई यस्ता खेल खेल्दा अप्ठेरो परेका बेला कुशलता सिकाउन सकून् । 

उनीहरुले खेल खेल्दा कसैको सहयोग नपाउँदा उनीहरुले कसैको पनि सहयोग नलिने, आपत पर्दा कसैको सहयोग चाहिन्छ भन्ने महत्वको बुझाइमा कमी हुनसक्छ र यस्तो बुझाइले कालान्तरमा उनीहरुलाई अप्ठेरो पर्न सक्ने बाल रोग विशेषज्ञहरुको भनाइ छ ।

जुन बालबालिकालाई विशेष किसिमको आवश्यकता हुन्छ, तिनलाई यस्ता प्रविधि सहयोगी हुन्छ तर यस्तो प्रविधि प्रयोग गर्दा उनीहरुलाई पनि बाबुआमाको साथ र सहयोग चाहिने जानकारहरु बताउँछन् ।

क्यालिफोर्निया स्टेट युनिभर्सिटी डोमिङ्वेज हिल्सकी ल्यारी रोसेन भन्छिन्, ‘मनोवैज्ञानिकहरु सधैँ भन्दै आएका छन्, बालबालिका सामु टेलिभिजन या कुनै डिजिटल खेलौना छोडिदिनु फाइदाजनक हुँदैन, ती सामग्रीका साथ बाबुआमाले पनि टेककेयर गर्नुपर्छ ताकि बालबालिकाले आमाबाबुसँग लगातार संवाद गर्न सकून् र बाबुआमाले आफ्नो प्रगति महसुस गरिरहेका छन् भन्ने बुझून् । यता बाबुआमाले पनि यस खेलको अर्थ बुझिरहेको छ कि छैन भन्ने थाहा पाऊन्।’

‘यस्ता डिजिटल खेलौना बिल्कुलै बेकारका छन् भन्ने मेरो धारणा होइन किनभने यस्ता सामग्रीकै सहयोगले मातापिताले बालबालिकालाई धेरै काम लाग्ने विषय सिकाउन सक्छन् र धेरै कुराको जानकारी दिन सक्छन्,’ रोसेन भन्छिन् ।

अर्कोतर्फ न्यु हेम्पसायरस्थित डर्टमाउथ कलेजकी जेनिफर एमन्ड भन्छिन्, ‘केही कमजोर आर्थिक अवस्था भएका आमाबुबाले उनीहरुले आफ्ना सन्तानलाई नयाँ डिजिटल खेलौना दिन नसकेकामा चिन्तित हुन्छन्, दुःखी बन्छन् । खासमा भन्ने हो भने त्यस किसिमको कुनै चिन्ता गर्नु आवश्यक छैन ।’

उनको धारणामा बालबालिकालाई यस किसिमका खेलौना घरैमा पनि बनाउन सक्छन् । धेरै पैसा खर्च गरेर बालबालिकाले धेरै जान्नेबुझ्ने पनि होइनन् । (रोयटर्स)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad