coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले चियापान नगर्ने

काठमाडौं- नेपाली कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापना कार्यक्रम नगर्ने निर्णय गरेको छ। तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको एक वर्ष पूरा नभएको जनाउँदै कांग्रेसले उक्त कार्यक्रम नगर्ने भएको हो।

पार्टी मुख्यसचिव कृष्ण पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा तत्कालीन सभापति कोइरालाको निधन भएको एक वर्ष पनि पूरा नभएकाले कोजाग्रत पूर्णिमामा पार्टीले चियापान कार्यक्रम नगर्ने निर्णय गरेको उल्लेख छ। 'नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको एक वर्ष नपुगेकाले विजया दशमीको उपलक्ष्यमा कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने निर्णय भएको छ,' विज्ञप्तिमा लेखिएको छ। 

कोइरालाको गत माघ २६ गते निधन भएको थियो। पार्टीका अग्रज नेताको निधन भएका वर्षबाहेकका वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापना गर्दै आएको छ।

तत्कालीन सभापति बिपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलपा नीति लिएर भारतबाट स्वदेश फर्केसँगै कांग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन चियापान गर्दै आएको छ।

प्रकाशित: १७ आश्विन २०७३ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App