पार्टी संस्थागत रुपमा नचल्दा मुलुकमा कम्युनिष्ट हाबी : कांग्रेस नेता सिंह

शनिबार, २८ पुष २०७५, १८ : ०८ अर्जुन ओली

नेपालगन्ज - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा चलाउन धेरै चुनौती रहेको बताएका छन्। नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी संस्थागत रुपले नचल्दा मुलुकमा कम्युनिष्ट हाबी भइरहेको जिकिर गरे।

‘यसरी कतिदिनसम्म पार्टी चल्छ ?’ उनले प्रश्न गर्दै भने ‘बोलौं त पार्टी विभाजन गर्न थाल्यो भनेर आरोप लाग्छ, नबोलौं त पार्टीको अवस्था नाजुक बन्दै गएको छ।’ पार्टीलाई आम कार्यकर्ताले नै सुधार गर्नुपर्ने उनले बताए। कम्युनिष्टको जगजगीलाई नियन्त्रण गर्नको लागि कांग्रेस प्रभावशाली पार्टीको रुपमा स्थापित हुनुपर्ने उनको भनाइ छ।

पार्टीलाई संस्थागत रुपमा चलाउने नेतृत्वको आवश्यकता रहेको बताउँदै उनले पार्टी विधिसम्मत र नियमसम्म हिसाबले नचल्दा अराजकता मौलाएको बताए। ‘अध्यारो कोठामा गरेको निर्णय उज्यालो हुन सक्दैन, पार्टीको केन्द्रबिन्दुमा लागेर अगाडी बढ्नुपर्‍याे, पार्टीलाई सिस्टममा अगाडी बढाउन समस्या हुदैन,’ उनले भने। व्यक्तिवादी चरित्र हावी हुँदा कांग्रेसको अवस्था खस्किएको सिंहको बुझाई छ। ‘पार्टीलाई केन्द्रबिन्दुमा नराख्दा के हुन्छ भन्ने कुराको अनुभुती त हामीले तीन वटा निर्वाचनमा गरिसकेका छौं, अझैपनि पार्टीलाई संस्थागत गर्न सकिएन भने पार्टीको अवस्था कस्तो होला?’ उनले भने। पार्टी सरकार र सत्तामा हुँदा गरेका कतिपय अलोकप्रिय निर्णयको परिणामले पनि विगतको निर्वाचन हार्नुपरेको नेता सिंहको विश्लेषण छ।

अर्को प्रसंगमा उनले हरेक वर्षमा हुनुपर्ने महासमिति बैठक बल्ल तीन वर्षपछि भएको बताउँदै भने, ‘महासमिति बैठक त भयो, तर बैठक भयो भनेर चित्त बुझाउने बाहेक अरु केही हुन सकेन।’ पार्टीको संशोधित विधानले ७ वटै प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा समिति गठन गर्ने बाटो खोल्ने उनले बताए।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad