ध्यान दिऔँ बालबालिकाको दिनचर्या

शनिबार, २८ पुष २०७५, १७ : ५२ डा. कपिल देव उपाध्याय

1023


एउटा समयमा नेपाली समाज संयुक्त परिवार हुन्थ्यो । जहाँ तीन पुस्ता एकै ठाउँमा बस्थे । बालबालिकाले आफ्नो खेल्ने साथी दाजुभाइ, दिदीबहिनीका रुपमा पाउँथे । घरका महिलाले देउरानी–जेठानी काम सघाउने सहयोगीका रुपमा पाउँथे । दाजुभाइ एक जुट भएर बाहिरका काम सम्हाल्थे । यस्तो अवस्थामा जो जे कुराका लागि उपलब्ध हुन्थ्यो, उसले बालबालिकालाई स्याहार्नेदेखि उनीहरुको आवश्यकताका कुरालाई ध्यान दिन्थे ।

अहिले समय परिवर्तन भइसकेको छ । संयुक्त परिवारको अवस्था टुटिसकेको छ र ‘माइक्रो फेमिली’को जमाना आइसकेको छ । यो संक्षिप्त परिवारमा जम्मा तीनदेखि चार जना सदस्यहरु हुन्छन्, जो आफ्नै काममा व्यस्त रहन्छन् । घरका सम्पूर्ण सदस्य जागिरमा व्यस्त हुनुपर्ने र घर आइसकेपछि पनि घरका कयौँ चटारो भ्याउनुपर्ने भएकाले बालबालिकाहरु एक्लो हुन थालेका छन् । यस्तो अवस्थामा उनीहरुलाई भुल्याउने न त साथीभाइ छन् न त दाजुभाइ–दिदीबहिनी ! 

बाबुआमाले आफैँलाई त समय दिन नभ्याइरहेका बेला सन्तानलाई समय दिन नभ्याउनु स्वाभाविक हुन थालेको छ । यस्तोमा बाबुआमालाई थोरै पनि समय दिने काम प्रविधिले गरेको छ । तर यही प्रविधि बाबुआमाको टाउको दुखाइको विषय बन्न पुगेको छ ।

प्रविधिको युगसँगै बालबालिकालाई भुलाउनका लागि सानै उमेरदेखि स्मार्टफोन दिने चलन बढेर गएको छ । पहिला बालबालिकालाई भुल्याउन टिभी हेर्ने छूट दिइन्थ्यो । अहिले टिभीको ठाउँ स्मार्टफोनले लिन थालेको छ । 

अझै पनि नेपाली समाज घरधन्दा र पारिवारिक रेखदेख, खासगरी बालबालिकाको सन्दर्भमा बच्चाको जिम्मेवारी आमाकै हो भन्ने धारणा राख्छ । यस्तो अवस्थामा आमाले के मात्र भ्याउने ! अफिस र घरलाई समय दिँदा बालबालिकालाई समय दिन अभाव हुनु स्वाभाविकै हो । समयको अभाव हुँदाहुँदै पनि उनीहरुले समय म्यानेज गरेर बिहान उठेदेखि सरसफाइ, चिया, खाजा, खाना, स्कुलका लागि टिफिन सबै तयार गर्नुपर्छ । यति मात्र होइन, बच्चालाई स्कुल पु-याउने स्कुलबाट ल्याउने आदि गर्नुपर्छ । 

कार्यालयको तनावका बीच बच्चाका विभिन्न मागबाट छुटकारा पाउन आमाबुबाले मोबाइल थमाउँछन् । बालबालिकाले स्क्रिन चलाउँदै गर्दा उनीहरु भुल्न त भुल्लान् तर त्यो मोबाइलले बच्चाको मस्तिष्कमा सहायताको काम गरेको होला कि उल्टै बाधा पारेको होला ? अमेरिकामा बस्ने केही नेपाली परिवारको घरमा पनि यो समस्या नेपालमा जस्तै छ । त्यहाँको फास्ट इन्टरनेट र आइफोन, आइप्याड बच्चाले ज्यादै मन पराउने गरेका छन् । ठूला व्यक्तिहरुमा त एक छिन मोबाइलमा केही गर्न नपाए छटपटी हुन थाल्छ भने झन् साना बच्चामा त यसको कुरै नगरौं । बच्चाले स्मार्ट फोन चलाएर भुल्न पाए भने उनीहरुलाई भोक तिर्खा केही पनि लाग्दैन । स–साना बच्चालाई धेरै मनपर्ने मिक्की माउस, ४–५ वर्षकोलाई मनपर्ने वाइल्ड ग्रेट्स र निक आदि हुन् । यसको साथसाथै नेपालमा भने मोटु पत्लु पपुलर देखिन्छ । 

अमेरिकाका नेपाली अभिभावकले बच्चाका लागि उनीहरुकै लागि बनाइएका सो आधा घण्टा मात्र हेर्न दिने र त्योभन्दा बढी समय हेर्न नदिँदा रहेछन् । कसैकसैले वयस्कहरुले हेर्ने फिल्म वा टेलिसिरियल बच्चालाई देखाउँदा रहेनछन् तर नेपालमा भने बच्चासँगै बसेर फिल्म तथा विभिन्न किसिमका टेलिसिरियल हेर्ने चलन रहेको छ । बच्चाहरुले त त्यस्ता किसिमका टेलिसिरियल दिनदिनै नहेरी छाड्दैनन् । केही गरी टेलिभिजनमा हेर्न पाएनन् भने पनि मोबाइल वा आइप्याडमा भए पनि नहेरी नछाड्दा रहेछन् । 

भनिन्छ, बच्चा जन्मेदेखि ७ वर्षको उमेरसम्म उसको मस्तिष्कको विकास र शरीरको विकासका लागि महŒवपूर्ण समय मानिन्छ । यो उमेरमा पनि सबै बालबालिकाको एउटै गतिमा विकास भने भएको हुँदैन । कसैको दु्रततर गतिमा विकास भएको हुन्छ त कसैको मध्यम किसिमले विकास भएको हुन्छ भने थोरै मात्रको मन्द किसिमले विकास भएको हुन्छ । शान्त र सुन्दर वातावरण हामी सबैलाई मन परेजस्तै बालबालिकालाई पनि मन पर्छ । 

एकपटक हामीले आफ्नो बाल्यकाललाई सम्झेर हेरौं । हामी बच्चा बेलामा कस्तो वातावरणमा हुर्केका थियौं, त्यतिखेरको वातावरण कस्तो थियो, हामीलाई बाबा–आमाले गर्ने व्यवहार कस्तो थियो, हामीले के–के खेल्थ्यौँ, के–के खानेकुरा खाने गथ्र्यौँ । त्यतिखेरका बालबालिका र अहिलेका बालबालिकामा के फरक छ । 

पञ्च तत्व अर्थात् पृथ्वी, जल, तेज, वायु र आकाश मिलेर हाम्रो शरीर बनेको हुन्छ । हाम्रो शरीरमा ७० प्रतिशतभन्दा धेरै त पानीको मात्रा नै हुन्छ । हाम्रो शरीरमा १६ प्रतिशतदेखि २० प्रतिशतसम्म ठोस पदार्थ हुन्छ । मानिसहरु नदीनाला, समुद्र, झरना, हिमपर्वत आदि देख्दा रमाउनुको कारण पनि पृथ्वी तत्वको आकर्षणको कारण नै होला । साना–साना बालबालिका पनि माटोमा खेल्न, माटोमा घर बनाउने, माटोमै सुत्न पाउँदा कति रमाउँछन्, हामीले अनुभव गरेकै कुरा हो । 

प्रत्येक आमा–बाबालाई आफ्ना सानासाना नानीबाबुलाई कसरी राम्रो खानेकुरा खुवाएर निरोगी, हृष्टपुष्ट बनाउने भन्नेमा लागेकै हुन्छौंँ । बाबा–आमा त्यति लाग्दालाग्दै पनि बच्चाले राम्रोसँग खाइदिँदैन । मिठो स्वाद नभएर नखाएको होला कि कसो होला भनेर अझ मिहिनेत गरी अझ स्वादिलो बनायो बच्चाले दुई चम्चादेखि तीन चम्चा खाँदैन । बाहिरको जुस, फ्यान्टा बिस्कुट पायो भने मिठो मानीमानी खान्छ । उसलाई घरमा बनाएको खाना खुवाउन सकिँदैन । ठूलो हुँदै जाँदा पनि उसले घरमा तयार गरेको खानेकुरा खान मान्दैन । बाहिरको मम, चाउमिन, पिज्जा बर्गर आदि मात्र खाना मन पराउँछ । 

एउटा ३–४ वर्षको बालकको एउटा घटनामा म साक्षात्कार हुने अवसर पाएको थिएँ । बाबा–आमा दुवै व्यवसायी । बिहान केही खुवाएर बच्चालाई स्कुलमा छोडेर अफिस जानुपर्ने तर बच्चाले खानै आलटाल गर्ने । मोबाइलको स्क्रिन हेर्दै आँ गर भन्दा आँ गर्छ, मुखमा खाना राखिदियो नचपाई मोबाइलको स्क्रिनमा ट्वाल्ल परेर हेरिरहन्छ । त्यसैगरी साँझ खान खुवाउन लाग्दा पनि मोबाइल नै हेर्ने भन्छ, मोबाइल नदिँदासम्म खाना खानै मान्दैन । यस्तो समस्या अहिले हरकसैको घरमा देख्न सकिन्छ । 

यस्तै अर्को एउटा घटनाः सात वर्षीया एक जना बालिका बोर्डिङ स्कुलमा पढ्छिन्, झोलाभरि कोर्सका किताब हुन्छन्, शनिबार र आइतबार स्कुल बिदा हुन्छ । होमवर्क प्रायः सबै दिनमा हुन्छ । कामकाजी आमाबाबु छोरीलाई केही कमी नहोस् र सबै कुरा सिक्न पाओस् भन्ने इच्छा हुन्छ । स्कुलबाट ४.०० वा ४.३० बजे आएपछि खाजा खुवाएर एक दिन एक घण्टाका लागि पियानो सिकाउनका लागि लगिन्छ । अर्को दिन स्विमिङ सिकाउन र पौडी सिकाउन लगिन्छ । घर फर्किने बेलासमम उनी थाकेकी हुन्छिन् । गृहकार्य गर्न बाँकी छ तर निद्राले लठ्ठ पारिसकेको हुन्छ । थकाइ नलागेको बेला भने उनलाई पनि मोबाइलमा गेम हेर्न, म्युजिक सुन्न र डान्स हेर्न मन पर्छ । 

जन्मेदेखि नै बच्चाको समग्र विकासका लागि ‘सेन्सरी स्टिम्लिनेसन’ आवश्यक पर्छ । अर्थात् भनौँ, पाँच ज्ञानेन्द्रियको काम हेर्ने, सुन्ने, सुँघ्ने, श्वास लिने र तातो चिसो थाहा पाउने हो । ज्ञानेन्द्रियहरुको स्टिम्लिनेसनले बालबालिकाको मानसिक र शारीरिक विकासमा महŒव राख्छ । बालबालिकासँग हाँस्ने, रमाइलो गर्ने, बोल्न सिकाउने, फलफूलबारे जानकारी दिने, तरकारीबारे जानकारी दिने गर्नुपर्छ । बालबालिकासँग खेल्ने भन्नाले महँगो खेलौना किनेर खेल्ने भनेको होइन, ढुंगा, माटो, बालुवा, बट्टा, कागजका फूल बनाएर खेल्न सकिन्छ । वाद्यवादनका सामग्री, संगीत, नृत्य आदिबाट पनि बालबालिकालाई ‘सेन्सरी स्टिम्लिनेसन’ हुन सक्छ । 

मैले बेङ्लोरमा पढ्दा एकजना मेरा प्रोफेसरले ‘सेन्सरी स्टिम्लिनेसन’ आवश्यकताबारे यस्तो भन्नुभयो– बच्चा पाउने विवाहिता महिलाले रंगीन साडी ब्लाउज लगाउने, हातमा छाइँछाइँ बज्ने चुराहरु धेरै लगाउने, सुनचाँदीका गरगहनाहरु ल्गाउने, निदारमा रंगीबिरंगी टीका लगाउने, कपाल जुरो पारेर सुगन्धित फूलमाला लगाउने एउटा मुख्य उद्देश्य बच्चाहरुलाई ‘सेन्सरी स्टिम्लिनेसन’ दिनका लागि हो । आँखाले हेर्दा सुन्दर चुराहरुको छमछम आवाज र फूलहरुको सुगन्ध, बच्चा खेलाउँदा हुने स्पर्श र आमाको दूध वा अन्य खानेकुरा खुवाउँदा ‘सेन्सरी स्टिम्लिनेसन’ हुने गर्छ तर हिजोआज भने ‘सेन्सरी ओभर स्टिम्लिनेसन’ हुने गर्छ, अति हुनु केही पनि राम्रो होइन । हिजोआज टेलिभिजनबाट आउने दृश्य र आवाजहरु, गाडीको स्टिरियो र म्युजिक, यातायातका साधनहरुको आवाज, मोबाइलमा हेरिने अनेकथरि अडियो–भिजुअलहरु आदिले बालबालिकाहरुमा ओभर स्टिम्लिनेसन हुने गरेको छ ।

नोभेम्बर २४, २०१८ को ‘रिपब्लिका’ दैनिकमा नेवारी तेल मालिसका बारेमा एउटा रोचक आलेख प्रकाशित भएको छ । ‘नेवारी ओइल मसाज गेट्स फुट होल्ड इन युरोप, बिगिङ फरगोटन इन नेपाल’ले यसको महत्व र फाइदाबारे राम्रो जानकारी दिएको छ, यो ‘सेन्सरी स्टिम्लिनेसनको’ राम्रो उदाहरण हो । 

यो मालिसले आँखा, नाक, कान, जिब्रो र छालाद्वारा मानिसमा विभिन्न अनुभव भई त्यो शरीर र मस्तिष्कका लागि निकै फाइदाजनक हुन्छ । जन्मेदेखि ४ वर्षको उमेर भित्र ज्ञानेन्द्रियको माध्यमद्वारा मस्तिष्कका विभिन्न भागमा (सेन्सरी स्टिम्लिनेसन) भयो भने मस्तिष्कको राम्रो विकास हुन्छ । 

छोराछोरी हुर्काउँदा ध्यान दिनुपर्ने कुरा

सकेसम्म घरमै तयार गरेको खानेकुरा खुवाउने, चिनीको मात्रा कम खुवाउने । 

टेलिभिजन, मोबाइल, माइक्रोवेभ वा अन्य इलेक्ट्रोनिक ग्याजेटहरुबाट इलेक्ट्रोम्याग्नेटिकबाट रेडिएसन हुन्छ, त्यसैले बालबालिकालाई धेरै चलाउन नदिने । 

चाडपर्व मनाउँदा ती चाडपर्वका बारे राम्रोसँग बुझाउने ।

स्कुल बिदाको दिन घुमाउन लैजाँदा प्रकृतिको नजिक लैजाने । 

पानी, माटो बालुवामा रेखदेख गर्दै खेल्न दिने । 

समय–समयमा शरीरमा तेल मालिस गरिदिने ।

मौसमअनुसारको कपडा लगाइदिने, लगाउन सिकाउने र चिसोबाट बचाउने  ।

सेन्सरी ओभर स्टिम्लिनेसन हुन नदिने । शान्त वातावरणमा राख्ने । 

जतिबेला पनि गीतहरु बजाइरहने, धेरै टेलिभिजन हेर्न नदिने । 

बालबालिकासँग रमाएर खेल्ने, माया देखाउने, एक्सप्रेस गर्ने ।

राम्रो काममा सानै भए पनि प्रशंसा गर्ने, आफ्ना छोराछोरीले भन्न खोजेका कुरा राम्रोसँग ध्यान दिएर सुन्ने । 

पहिले भन्दा राम्रो गरेका कुराहरुमा प्रोत्साहन दिने, उनीहरुको भावना बुझ्ने प्रयास गर्ने । 

दबाब कम दिनुहोस्

हामी राम्रोप्रति बढी नै आशक्त छौँ । हामीले आफ्ना सन्तान जतिसुकै सानो कक्षामा पढिरहेका भए पनि उनीहरुलाई बढीभन्दा बढी राम्रोभन्दा अति राम्रो अंक ल्याउन दबाब दिने गर्छौं । फलानाका छोरा वा छोरीले यस्तो अंक ल्याए भनेर हामीले उनीहरुमाथि मनोवैज्ञानिक दबाब दिइरहेका हुन्छौँ । एउटै स्कुल भए पनि पढाइमा अरुभन्दा किन कम ? भनेर तुलना गरिरहेका हुन्छौँ र यस्तो तुलना गर्ने चलन जता पनि व्यापक छ । 

हिजोआज धेरैको एक वा दुई वटा सन्तान हुन्छन् । बाबु–आमाले परिवारको आशा पूरा गरून् भन्न चाहन्छन् । आफ्ना असफलताहरु पनि बच्चाहरुले नै पूरा गरून् भन्ने चाहन्छन् । अभिभावकहरुमा आफ्ना सन्तान कुनै पनि कुरामा पछि नपरुन् भनेर ३–४ वर्षको उमेरदेखि नै पढाउन सुरु गर्छन् । पाँच छ वर्षको उमेरदेखि स्कुल छुट्टि हुनेबित्तिकै पियानो क्लास, तेक्वान्दो क्लास, डान्स क्लास, स्विमिङमा पठाउने गर्छन् । यस्तो अवस्थामा बालबालिकाले कुन बेलामा आराम र रिल्याक्स गर्ने ? गृहकार्य कुनबेला सक्ने ? बच्चालाई यति धेरै प्रेसर दिँदा उसको साइकोलोजी कस्तो हुन्छ होला ? बच्चाले नाइँ सक्दिनँ भन्ने हो मात्र हो । नत्र भने सबै कुरा उसले सिक्नुपर्ने ? 

बच्चाहरुको स्वाभाविक क्षमता र जन्मजात क्षमता हुनुका साथै कतिको आर्जित क्षमता पनि हुन्छ । क्षमतावान् बच्चाहरुले स्वतः राम्रो गर्दै जान्छन् । आफ्नो चाहना नै नभएको विषयमा भने सिक्नु पर्दा उनीहरुलाई कठिनाइ मात्र होइन, सकस नै हुन्छ । आफ्नो चाहनाको विषय पढ्न पाउँदा उनीहरु रमाउँछन् र खुसी हुन्छन् । चाहना छैन भने पढ्न कठिन हुन्छ । 

स्वाभाविक क्षमता जुन विषयमा धेरै छ, त्यो विषय पढ्न पाउने हो भने विद्यार्थीले राम्रो गर्न सक्छन् । संगीत, नृत्य, कला साहित्य, खेलकुद जस्तै फुटबल, क्रिकेट आदिमा स्वाभाविक क्षमता भएका व्यक्तिहरु नै अगाडि हुन्छन् । बाबु–आमाले आफ्ना छोराछोरीको कुन विषयमा चाहना छ, त्यही विषयमै प्रोत्साहन दिने हो भने धेरै राम्रो हुन्छ ।







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad