८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीको पक्षमा माइतीघरमा प्रदर्शन

काठमाडौँ- डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो।

सो संस्थामा आबद्ध एक समूहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो। सरकारले विगतमा डा केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ। सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा केसी अनशनमा बसेका छन्। रासस
 

 

प्रकाशित: २८ पुस २०७५ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App