जनता आवासका घर, हावाले उडाइदिने डर

शनिबार, २८ पुष २०७५, १४ : १२ नागरिक

66


टीकापुर– कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरका प्रेम वादीको घर भत्किसकेको छ । उहाँको घरको भित्तो मात्रै छ । प्रेमको सपरिवार भारतको भाइन्दरमा बस्दै आएका छन् । 

सूर्यपूरमैै घर भएका गौरी वादी, निर्मल वादीका परिवार पनि भारतमा छन् । किरण वादी कैलालीकै चौमालामा बस्छन् । तारादेवी नजिकैको सती बजारमा बस्छिन्। पे्रमको जस्तै गौरी, निर्मल, किरण, ताराका घर पनि मानिस नबस्दा भत्किन थालेका छन्। यी घरहरु सरकारको जनता आवास कार्यक्रममार्फत बनेका हुन् । सरकारले कैलालीमा वादी र राजी समुदायका लागि घर बनाई दिएको छ तर बनेका घर मानिस नबस्दै भत्किन थालेका छन्।  

जनता आवासमार्फत बनेका घर वादी समुदायले मन पराएका छैनन् । “घर दिनुभन्दा १० धुर जग्गा भए पनि त्यसमै झुप्रो हालेर पनि बस्थ्यौँ”, सूर्यपुरकी कल्चु वादीले भनिन्, “सरकारले बलैको (जबर्जस्ती) घर हालिदियो, अलिकति हावा आए पनि उडाइदिन्छ, हामीसँग लगानी गर्ने पैसा छैन, गरीब मान्छे ।” सूर्यपुरकै श्यामा वादी भन्नुहुन्छ, “घर गतिलो नभएर विन्दु वादीको घर पनि भत्किँदैछ बरु एकै कोठाको भए पनि पक्की छत भएको हुनुपथ्र्यो । बालुवाजस्तो इँटा छ । राम्रो सिमेन्ट प्रयोेग भएको छैन ।”

काम गर्न भारत वा नेपालकै अन्य शहरतिर बस्ने वादी समुदायका लागि बनाएका घर अलपत्र छन् । कैलालीको टीकापुर नगरपालिका–८ सूर्यपुरमा ११ वटा घरमा अहिलेसम्म मानिस बसेका छैनन्। मानिस नबस्ने घर केही भत्किसकेका छन् भने केही भत्किन लागेका छन् ।

जनता आवास कार्यक्रमले घर दिने भएपछि सूर्यपुरको वादी परिवारले आफूसँग भएको घरवास टुक्राटुक्रा पारेर बाबु र ससाना छोराका नाममा अलगअलग घर बनाएका छन् । सूर्यपुरकै नरेश वादीलाई पनि जनता आवास कार्यक्रमले घर बनाइ दिएको छ। उनका दुई छोरा सरदीप र बबीका लागि पनि घर त बनेको छ तर उनीहरुका नाममा बनेका घरमा कोही बस्दैनन्। जेठो छोरा सरदीप रोजगारीका लागि भारतमा छन् भने कान्छो बबी बाबुआमासँगै बसिरहेका छन्। सरदीप र बबीका घर पनि नबस्दै भत्किने अवस्थामा छन् । घर पाउने आशामै सूर्यपुरको वादी बस्तीका ३२ परिवारले ५० भन्दा बढीका नाममा घर मागेका छन् । 

टीकापुर नगरपालिका–१ ज्योतिनगरस्थित राजी बस्तीमा पनि जनता आवास कार्यक्रमबाट बनेका केही घरमा मानिस बसेका छैनन् । २० वटा घर बनेको ज्योतिनगरमा पनि तीन घरमा मानिस बसेकै छैनन् केही घरमा मानिस कहिलेकाहीँ आउने जाने गरेका छन् । “म अहिले भजनी नगरपालिकाको भुरुवामा बस्छु” सावित्री राजीले भनिन्, “छोरो सानै छ ठूलो भएपछि बिहे गरेर यही घरमा राख्ने हो ।” 

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख सुरेशराज बाग्लेले कैलालीमा जनता आवास कार्यक्रमबाट वादी, राजी, विपन्न मुस्लिमका लागि २०६९÷७० देखि २०७३÷७४ सम्म ६६० घर बनेका जानकारी दिए। कैलालीमा दुई चरणमा १ लाख ५९ हजार र २ लाख १५ हजारका दरले ती घर बनेका हुन्। रासस







यसमा तपाईको मत


अन्य समाचार

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

फ्रि भीपीएन प्रयोग गर्नु जोखिमपूर्ण

नि: शुल्क भीपीएनले तपाईंको संवेदनशील डेटा चोरी गर्नसक्छन् ! ...

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

Ncell Footer Ad