coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जेष्ठ नागरिकका लागि रातहमा न्यानो लुगा

न्यानो कपडा लिदै ठुलीभेरि नगरपालिका १,२,३ र ४ का जेष्ठ नागरिकहरु । तस्बिर : विण्णु/ नागरिक

डोल्पा - डोल्पामा अत्याधिक चिसो बढेपछि जेष्ठ नागरिकलाइ न्यानो लुगा बितरण गरिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले उक्त न्यानो कपडा वितरण गरेको हो।

मन्त्रालयको जेष्ठ नागरिक कल्याण (न्यानो लुगा) कार्यक्रम अन्तरगत ठुलीभेरि नगरपालिकाका १,२,३ र ४ वडाका ६० वर्ष माथिका ४० जना जेष्ठ नागरिकलाइ उक्त न्यानो कपडा वितरण गरिएको हो। उच्च पहाडले घेरिएको डोल्पाका बृद्धाबृद्धहरुको लागि न्यानो लुगा बितरण नुमना मात्रै भएको र जिल्ला समन्वय समिति मार्फत जेष्ठ नागरिक, महिला र बालवालिकाहरुको लागि बिशेष कार्यक्रमको प्याकेज सहित प्रस्तावना तयार पारेर जिल्लामा काम गर्ने मन्त्रालयको समाजिक विकास महाशाखाकी प्रमुख जमुना पौडेलले जानकारी दिइन्।

प्रदेश सरकारले घरमै आएर जाडोमा न्यानो लुगा हातैमा थमाइ दिदा निकै हर्षको महसुस भएको ७० वर्षीया पुतला रोकायाले बताइन्। हातमा न्यानो लुगा लिदैँ जाडोमा बृद्धाको उद्धार नै गरेको भन्दै उनले जयजय गरिन्।

सामाजिक बिकास मन्त्रालयको काम निकै राम्रो भएको तर जाडोमा न्यानो लुगा बितरणको काम ढिलो भएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शार्माले बताइन्। उनले भनिन्–‘डोल्पा लगायत हिमाली जिल्लामा कार्तिक १५ देखि पौष मसान्तसम्म जाडो अत्याधिक हुने गर्दछ त्यसैले आगामी वर्षहरुमा यस्ता कार्यक्रम समयमा गरियोस्।’

प्रकाशित: २८ पुस २०७५ ०७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App