प्रहरी आउँदा गाउँले लुके

शनिबार, २८ पुष २०७५, १० : १४ नागरिक

35


बाजुरा - गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुक्न पुगे। केही महिना अघि स्थापना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए।

प्रहरीलाई देखेपछि कोही पनि घरबाट निस्केनन् भने घर बाहिर रहेका समेत डरले थरथर काम्न थाले। कारण थियो पहिलो पटक गाउँमा प्रहरीको आगमन। प्रहरीलाई देखिसकेका त्यहाँका केही युवाले यी त प्रहरी हुन भनेर कानेखुसी गरे पनि कहिल्यै प्रहरी नदेखेका त्यहाँका वृद्धवृद्धा र बालबालिका भने डराएर प्रहरीसंग बोल्न नै सकेनन्। साठी वर्षीय फुगे रोकायाले भने,'तमी को हौँ? काँ जादाँ भया ? तमी हामी जसा आछिन्। कपडा पनि कसान लगायाका' जवाफमा प्रहरी हबल्दार मनीराज भण्डारीले भने,'होइन हामी पनि तपाईं जस्तै मान्छे प्रहरी हौँ। हामी तपाईहरुको गाउँ अनुगमन गर्न र तपाईहरूकै सुरक्षाका लागि भनेर आएका हौँ।'

'हामीले प्रहरी देखेकै छैनौँ, त्यसैले हामीले त डरले बोल्नसमेत सकेनौँ, यो गाउँमा कोही पनि आउँदैन थिए”, अर्का युवा साउनी बोहराले भने,'अहिले भने अलिअलि आउन लागेको भए पनि हामीले प्रहरी देखेकै थिएनौँ तर पनि प्रहरी हामी जसा हुदाँ रहेछन्।' त्यस्तै अर्का युवा सौरे बोहराले भने,'प्रहरी हामीभन्दा फरक हुँदा हुन् भनी सोचेको थिएँ, हामी जस्तै हुँदारैछन्।'

प्रहरीको टोली गाउँमा पुगेपछि लुकेका स्थानीयवासी केही समयपछि सबै प्रहरी भएको ठाउँ वरिपरि जम्मा भए। उनीहरुले हामीलाई सबै कुरा भने। अब तपाईहरु निरन्तर हाम्रो गाउँ आउनुहोला भनेर स्थानीयवासीले स्वागतसमेत गरेको प्रहरी हबल्दार भण्डारीले बताए। जिल्लाको सानो गाउँ हो अन्द्राडी। त्यहाँ स्थानीय सरकार गठन भएपछि मात्र गैरसकारी कार्यालयका कर्मचारी र जनप्रतिनिधि जान थालेको स्थानीयवासी धनबहादुर रोकायाले बताए।

हामी गौमुल गाउँपालिकाकाकै विकट वडाका रुपमा छौँ। पहिले न नेता आउथे न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी नै, जब देश सङ्घीयतामा गयो तब आफ्नो गाउँ अन्द्राडीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी अनि प्रहरी आएकोे उहाँले बताए।'अन्द्राडीे निकै विकट र पिछडिएको वडाका रुपमा रहेको छ। यहाँ न टेलिफोन लाग्छ, नत रेडियो नै बज्छ, हामी सूचनाबाट समेत बाहिर छौँ।' रोकायको गुनासो थियो।(रासस)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad