८ वैशाख २०८१ शनिबार
समाज

कोइरालाको ‘सिमाना खोज्दै’ विमोचित

काठमाडौं – पूर्वप्रशासक लक्ष्मीविलास कोइरालाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिमाना खोज्दै’ शुक्रबार राजधानीमा विमोचन गरिएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यास राष्ट्रिय एकता दिवसको अवसरमा विमोचन गरिएको हो। लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, साहित्यकार प्रतीक ढकाल, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाललगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरेका हुन्।

पुस्तक विमोचन कार्यक्रममा दाहालले ऐतिहासिक उपन्यासमार्फत नयाँ पुस्तालाई राष्ट्रनिर्माता शाहको बारेमा जानकारी दिने प्रयास गरेकोमा लेखकलाई धन्यवाद दिए। शाहको बारेमा केही पश्चिमा र केही आफूलाई क्रान्तिकारी भन्न रुचाउने लेखकले भ्रमपूर्ण इतिहास लेखेको प्रसंग उल्लेख गर्दै दाहालले नेपाल र नेपाली भएकोमा गर्व गर्ने सबैका लागि यो महŒवपूर्ण कृति भएको दाबी गरे।

लोकसेवा आयोगका अध्यक्ष मैनालीले इतिहासलाई बंग्याएर नेपालको राष्ट्रियता कमजोर पार्ने खेल भइरहेको वर्तमान सन्दर्भमा बजारमा आएको यो कृतिले शाहको बारेमा सही तथ्य दिएर नेपालको राष्ट्रियतालाई बलियो बनाउन सघाउने विश्वास व्यक्त गरे। उनले शाहको राज्यसञ्चालन कला तथा विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

लेखक कोइरालाले आफू इतिहासको विद्यार्थी भएको र राष्ट्रनिर्माता शाहका बारेमा कतिपय तथ्य बंग्याएर प्रस्तुत भइरहेकाले चुप लागेर बस्न नसकी पुस्तक लेखेको बताए। उनले उपन्यासमार्फत नयाँ पुस्तालाई शाहका बारेमा यथार्थ जानकारी गराउन खोजेको प्रस्ट पारे। कोइरालाले निजामती सेवाबाट अवकाशपछिको समय सिर्जनात्मक काममा सदुपयोग गरेको बताए।

प्रकाशित: २८ पुस २०७५ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App