प्रधानमन्त्रीसमक्ष हिमाली विकासको कुरा

शनिबार, २८ पुष २०७५, ०७ : ३९ नागरिक

59


सोलुखुम्बु – संघीय सांसद हेमकुमार राईसहितको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी हिमाली विकासको अजेन्डा राखेको छ।

आगामी चैत २ देखि ९ गतेसम्म सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको आयोजनामा अस्पताल निर्माणार्थ गरिने महायज्ञको प्रमुख अतिथिको निम्तो दिन पुगेका सांसद राईसहितको टोलीले हिमाली जिल्ला सोलुखुम्बुको विकासको अजेन्डा पनि राखेको हो।

प्रधानमन्त्री ओलीसँगको भेटमा सांसद राईले दूधकोसी करिडोरको काम तीव्र पार्न माग गरे। उनले सल्लेरीबाट लुक्ला जोड्ने सडकको ट्र्याक खोल्न र स्तरोन्नतिको काम अगाडि बढाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले सोलुको विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको बताए।

सांसद राईले भने, ‘प्रधानमन्त्रीसमक्ष जिल्लाको विकासको कुरा राख्न पाउँदा खुसी लागेको छ। यो भेटले जिल्लाको विकासका लागि खास अर्थ राख्नेछ।’ उनले आफ्नो कार्यकालमा नागरिकले महसुस गर्ने किसिमबाट विकासका काम गर्ने बताए।

टोलीमा थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असीम राई, नेकपाका प्रदेश नं. १ सदस्य धु्रव शर्मा पराजुली र रिपोटर्स क्लबका प्रदेश संयोजक भानुभक्त निरौला सहभागी थिए।







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad