coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

रुपन्देहीलाई पराजित गर्दै संकटा क्वाटरफाइनलमा

गोर्खा ब्वाइजविरुद्ध बल अगाडि बढाउँदै संकटाका लक्ष्मण रुचाल । तस्बिर : नागरिक

धनगढी  – सिमजी संकटाले धनगढी जारी अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको शुक्रबार क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

धनगढी रगंशालामा भएको खेलमा गोर्खा रुपन्देहीलाई २–० पराजित गर्दै संकटा क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो। गोर्खा रुपन्देहीले कयौं पटक अवसर पाए पनि गोल गर्न सकेन। प्रतिस्पर्धात्मक पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा संकटाले गोल गर्दै अग्रता लिएको थियो। त्यसअघि सातौं मिनेटमा संकटाका लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरिएर गोल हुने मौका चुक्यो।

१८औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले पन्च गरेर बचाइदिएका थिए। ३८औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई पनि राजाबाबुले उत्कृष्ट डाइभ दिँदै गोल हुन दिएनन्। गोलकिपर राजाबाबुको प्रदर्शनका कारण गोर्खा ब्वाइजले पाएको मौकालाईं गोलमा परिणत गर्न सकेन।

तर, पहिलो हाफको इन्जुरी समयमा उल्टै संकटाले अवसरलाई सदुपयोग गर्दै अग्रता लिन सफल भयो। जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै गरेको प्रहार गोर्खाका गोलकिपर सोजित गुरुङले रोक्न सकेनन्। ६६औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलकिपर बिट भएपछि एलोन म्याक्सवेलको प्रहारलाई गोर्खाका कुलदीप कार्कीले गोल लाइनबाट बचाए।

‘मैदानको अवस्था राम्रो नुहँदा खेलाडीले सोचेअनुरूप प्रदर्शन गर्न सकेनन्। यद्यपि, जित दर्ता भएकोमा खुशी मान्नुपर्छ। साथै आगामी दिन राम्रो गर्नेछौं।’ संकटाका प्रशिक्षक सल्यान खड्गीले

तर, ८३औं मिनेटमा फोफाना इब्राहिमको ‘लो क्रस’ मा म्याक्सवेलले गोल गर्दै संकटाको जित सुनिश्चित गरेका थिए। इन्ज्युरी समयको दोस्रो मिनेटमा गोर्खालाई गोल गर्ने मौका मिलेको थियो। कुलदीपको पासमा गोर्खाका मसुदले वान भर्सेस वानको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथिबाट बाहिरिएको थियो। विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले मैदानको अवस्था राम्रो नुहँदा खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताए।

सोचेजस्तो प्रदर्शन गर्न नसके पनि जित दर्ता गर्न सफल भएको उनले खुशी व्यक्त गरे। ‘मैदानको अवस्था राम्रो नुहँदा खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्, तैपनि जित दर्ता भएकोमा खुशी मान्नु पर्छ ’उनले भने। गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले खेलाडीले पाएको अवसर सदपयोग गर्न नसकेको बताए।

‘हाम्रो खेलाडीले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नुपरेको हो,’ उनले भने। शनिबारदेखि प्रतियोगिताको क्वार्टरफाइनल चरणका खेल सुरु हुनेछ। पहिलो क्वार्टरफाइनलमा एपिएफ क्लब र मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ।

संकटा माघ १ गते क्यामरुनको धाउफिन्स एफसीसँग भिड्नेछ। मोफसलकै सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रकाशित: २८ पुस २०७५ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App