रविन्द्र मिश्रको प्रतिक्रिया : थापाले दिएको धोका इतिहासले मुल्याङ्कन गर्नेछ

शुक्रबार, २७ पुष २०७५, २१ : २६ नागरिक

744


काठमाडाैं - विवेकशील साझा पार्टीले संयोजक उज्वलबहादुर थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएको घटनालाई दुःखद भएको बताएको छ।

पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यद्वारा शुक्रबार जारी प्रेश विज्ञप्तीमा संयोजक थापाले केहि केन्द्रिय सदस्यहरुलाई लिएर नयाँ दल दर्ताको लागि निवेदन दिएको घटना धोकापूर्ण रहेको बताएको हाे। साथै पार्टीले यो घटनाको इतिहासले मुल्याङ्कन गर्ने समेत बताएको छ। विज्ञप्तीमा भनिएको छ 'उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्‍याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।'

पार्टीभित्र विगत केही समयदेखि कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु रहेकाेले यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था भएकाे विज्ञप्तीमा उल्लेख छ।

पार्टीका केही नेताहरुको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यलाई घात मात्र नभइ स्वयं पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको विज्ञप्तीमा उल्लेख छ।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad