डा.केसीको रगतमा ग्लुकोज घट्यो, शौचालय पुग्नै समस्या

शुक्रबार, २७ पुष २०७५, २० : ३१ भीम चापागाईं

860


इलाम - सत्याग्रहमा रहेको तेस्रो दिन डा.गोविन्द केसीको रगतमा ग्लुकोजको मात्रा कम देखिएको छ। पसिना आउने र छाती दुख्ने समस्या देखिएपछि शुक्रबार इलाम अस्पतालका चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरेका थिए।

बिहान ९ बजे गरिएको परीक्षणमा डा.केसीको रगतमा ग्लुकोजको मात्रा ५८ मात्रै रहेको चिकित्सकको रिपोर्ट छ। डा.केसीको स्वास्थ्य परीक्षण गरेका चिकित्सक रामकृष्ण आचार्यले सामान्यतया शरीरमा ग्लुकोजको मात्रा ७० हुनुपर्ने बताए। ‘ग्लुकोज कम भएपछि शरीरले थोरै मात्र बल लगाएर गर्नुपर्ने काम गर्न पनि सक्दैन,’ चिकित्सक आचार्यले भने, ‘त्यही भएर डा.केसीलाई आज (शुक्रबार) देखि शौचालय पुग्नसमेत मुस्किल पर्न थालेको छ।’

चिकित्सकका अनुसार डा.केसीको रक्तचाप पनि कम भएको छ। उनलार्ई खोकी लाग्ने, छाती दुख्ने र अरू संक्रमण पनि देखिन थालेको छ। ‘डा.केसीको पिसाबमा पनि समस्या देखिएको छ,’ आचार्यले भने, ‘शरीरलाई जति पानी चाहिने हो, डा. केसीको शरीरमा त्यो पुगेको छैन, शरीरलाई आवश्यक इलेक्ट्रोलाइट अभाव भइसकेको छ।’ आचार्यले डा.केसीको शरीरमा छिटो संक्रमण हुने भएकाले तस्बिर खिच्न र उनीसँग बोलचाल गर्न पनि कसैलाई नजिक जान नदिनु उचित हुने बताए।

यसअघि पनि डा.केसी लामो समय भोकै बसेकाले उनको शरीरमा कुनै पनि बेला चाँडै संक्रमण देखिन सक्ने उनका अभियन्ताहरूले समेत अनुमान गरेका छन्। ‘पहिलाजस्तो लामो समय सत्याग्रहमा बस्न डा.केसीको स्वास्थ्यले साथ नदिने हो कि भन्ने अनुमान हुन थालेको छ,’ अभियन्ता धर्म गौतमले भने, ‘हिजो (बिहीबार बेलुका) त डा. केसीले झन्डै अत्याएर अस्पतालका चिकित्सकलाई खबर गर्नुपर्‍यो ।’ शरीरमा स्लाइन मार्फत ग्लुकोज थप्न चिकित्सकले आग्रह गरेपनि डा.केसीले नमानेको गौतमले बताए।

डा.केसीलाई समर्थन बढ्दै
चिकित्सा क्षेत्र सुधारको उनको अभियानलाई समर्थन गर्दै इलामबासीले शुक्रबार पनि सदरमुकाममा र्‍याली र कोणसभा गरे। डा.केसी सत्याग्रहमा रहेको स्थल फूलगाछीदेखि चोकबजारसम्म र्‍याली प्रदर्शन गर्दै सहभागीले दुर्गम जिल्लाहरूमा मेडिकल कलेज र अस्पताल खोल्ने, स्वास्थ्य शिक्षामा भइरहेको ‘लुट र भ्रष्टाचार’ अन्त्य गर्ने केसीका मुद्दा सकारात्मक रहेको बताए।

‘माफियातन्त्र सल्बलायो, नैतिकता कता हरायो’, 'हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी सबै डा.गोविन्द केसीको साथमा’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर स्थानीयले डा.केसीलाई समर्थन गरेका थिए। डा.केसीको अभियानमा समर्थन गर्न सत्याग्रहस्थलमै पुग्ने इलामेको संख्या पनि दिनभर धेरै नै रहेको अर्का अभियन्ता देवराज भारद्वाजले बताए।

डा.केसी बुधबारदेखि इलाममा १६ औं सत्याग्रहमा छन्। उनले गत साउन १० मा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय समितिले पारित गरेपछि ६ बुँदे मागसहित अर्काे चरणको सत्याग्रह थालेका हुन्।







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad