१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

फाल्गुनन्द गोल्डकप : कठिन जित निकाल्दै झापा उपाधि नजिक

बल नियन्त्रणका लागि घम्साघम्सी गर्दै झापा–११ (सेतो) र सरस्वतीका खेलाडी । तस्बिर : गिरिराज/नागरिक

पाँचथर - प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै झापा– ११ फिदिममा जारी दशौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको शुुक्रबार फाइलनमा प्रवेश गरेको छ।

फिदिम माविको खेल मैदानमा आफ्ना समर्थकलाई खुसि पार्न कप्तान कर्ण लिम्बुको गोल नै निर्णायक बन्न पुग्यो। शुक्रबारको पहिलो सेमिफाइनलमा सरस्वती फुटबल क्लब काठमाडौंलाई १–० को गोल अन्तरले हराउँदै झापा उपाधिनजिक पुगेको हो।

दर्जनौं मौका गुमाउँदा सरस्वती क्लब पराजित भएको हो। मैदानको लामो अनुभव बोकेका झापामाथि दबाब सिर्जना गरे पनि गोल गर्ने मौका सदुपयोग गर्न नसक्दा पूर्वी पहाडको भ्रमणबाट सरस्वती स्तब्ध भएर फर्किएको हो। पहिलो हाफमा सरस्वतीले झापालाई दबाबमा राखेको थियो। दोस्रो हाफमा भने झापाले लय समात्दै जित निकालेको हो।

खेलको ५३औं मिनेटमा लिम्बुले गोल गरेका थिए। त्यहीं  गोल जितका लागि पर्याप्त भयो। यससँगै प्रतियोगितामा लिम्बुले चार गोल पूरा गरे। सरस्वतीका खेलाडीको ह्यान्डबल गरेपछि पाएको मौकामा झापाका देबेन्द्र तामाङ लामो पासलाई लिम्बुले हेडरमार्फत गोल गरेका थिए। सरस्वतीका रक्षापंक्तिबीच तालमेल नहुँदा लिम्बुले सहज गोल गरेका थिए।

त्यसपछि खेलमा फर्कन संघर्षरत सरस्वतीले गोल गर्ने अवसर बनाए पनि गोल गर्न नसक्दा हार बेहोर्यो। निकै घस्साघस्सी भएको खेलमा रेफ्रिले दुबै टिमका खेलाडीलाई आधा दर्जन पहेँलो कार्ड देखाउनु परेको थियो। तीन विदेशी खेलाडी लिएर मैदानमा उत्रिए पनि सरस्वतीले सफलता हासिल गर्न सकेन।

सरस्वती प्रतियोगितामा पहिलो पल्ट सहभागी भएको हो। सरस्वतीका फ्रान्सिस र मनीष  थापाले पटकपटक पाएका मौका गुमाउँदा स्तब्ध बन्नुपरेको हो। खेलको दश मिनेटमा झापाका लिम्बुले वान भर्सेस वानमा पाएको मौका  गुमाए। खेलको २० मिनेटमा झापाका गोलकिपर मनोज प्रधान बिट भइसकेको अवस्था सरस्वतीका फ्रान्सिस्ले बाहिर हाने। लगत्तै पुनः पाएको मौका उनले गुमाए।

खेलमा सरस्वतीका खेलाडीले यस्तो मौका प्रसस्त गुमाए। खेलको अन्तिम समयमा फ्रान्सिस, भिक्टोर र मनीष थापाले पाएको अवसर सदुपयोग गर्न साँघुरो हार बेहोरेको थियो। शुक्रबारको खेलमा झापाका दिलेन लोक्तामले म्यान अफ दी म्याच घोषित हुँदै दश हजारको रुपैयाँ पुरस्कार पाए।

शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लबले भारतको रोयल क्लब दार्जिलिङको सामना गर्नुपर्नेछ। सोमबार सकिने प्रतियोगिताको विजेताले ४ लाख, उपविजेताले २ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त पर्नेछ। फिदिम स्पोर्टिङ क्लब र पाँचथर फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दश टिमको सहभागिता रहेको थियो।

प्रकाशित: २७ पुस २०७५ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App