coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विवेकशीलका १६ सदस्य नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा

काठमाडौं- विवेकशील साझा पार्टीका ३५ मध्ये १६ जनाले नयाँ दल दर्ताको निवेदन दिएका छन्। पार्टीको उज्वल थापा समूहका १६ सदस्यले  विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अनुषा थापा लगायत रहेका छन्। पौडेल र श्रेष्ठ प्रदेश सभा सदस्य हुन्।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो। पुस ३० गतेकालागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए। 

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह टुक्रिएको हो। संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई  रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागे पछि पार्टी फुटको संघारमा पुगेको हो। 

मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। ‘यसको मतलव अहिले मिश्र समूहले शक्ति केन्द्रीकृत गरेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्र समेत कमजोर हुँदै गएको छ’ थापा निकट एक नेताले भने।

उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकीकरण भई गतवर्ष विवेकशील साझा पार्टी निर्माण भएको थियो।  

 

प्रकाशित: २७ पुस २०७५ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App