coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपालसँग भएका भारु साट्ने बारे अझै प्रगती भएन

काठमाडौं– नेपालमा रहेका भारतीय मुद्रा सटही बारे अझै पनि कुनै प्रगति नभएको भारतीय विदेश मन्त्रालयले स्पष्टोक्ती दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रभिश कुमारले शुक्रवार गरेको साप्ताहिक मिडिया ब्रिफिङमा यस विषयमा नेपालसँग सम्पर्कमा रहेको मात्र बताए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपाल राष्ट्र बैंकले यसै महिनाको सुरुमा मुद्रा सटहीका बारेमा रिजर्भ बैंक अफ इण्डियालाई पत्र लेखेको र यस बारेमा रिजर्भ बैंक अफ इण्डियाका सम्बन्धीत अधिकारीहरुले विचार गरिरहेको बताए।  
भारतमा मा  विमुद्रीकरण लागू गरिएदेखि नै नेपालले यो समस्या भारत सामु राख्दै आएको छ।  प्रवक्ता रभिश कुमारले भने, ‘यो जटिल मुद्दा हो। म यति मात्रै भन्न सक्छु, हामी नेपालसँग सम्पर्कमा छौ। हामीले काम गरिरहेका छौं।’

भारतले ८ नोभेम्बर २०१६ मा विमुद्रीकरण नीति लागू गरि ५०० र १००० रुपैंया दरका नोटलाई विस्थापित गरेको थियो।

भारु ४ करोड ८० लाख नेपाल राष्ट्र बैंकसँग छ।

बिहीवार भारतीय विदेशमन्त्रीसँगको भेटमा भारतीय मुद्रा सटहीका बारेमा नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कुरा नगरेको रभिश कुमारले जानकारी दिए। यद्यपी मिडियासँग बोल्दै ज्ञवालीले नेपालसँग रहेका पैसा सटहीको कुरा गरेका थिए।

नेपाल राष्ट्र बैैकको अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाका अनुसार ५ सय र १ हजार दरका भारु ४ करोड ८० लाख नेपाल राष्ट्र बैंकसँग छ।

प्रकाशित: २७ पुस २०७५ १०:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App